Advertisement

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देहीमाण्डौमा यात्रु ओरालेर बस गन्तव्यतिर हुइकियो । स्थानीय घर जाने तरखर गर्दै थिए । ढणौन र सुर्काल हिड्ने तयारीमा थिए दुई जीप । एक छिनपछि ति दुई जीप पनि गन्तव्य हुइकिए । दुबै गाडी भरि यात्रु थिए । यात्रु सीटमा मात्रै थिएन, पछाडि झोला झिम्टा, बोरी बिस्तारा राखिएको थियो । गाडी हिड्ने बेला पछाडी पनि यात्रु कोचिए । तराईतिर ट्रकमा पशु चौपाया कोचेका दृश्य जस्तै थियो । उनीहरु जसरी नि आफ्नो गन्तव्य पुगाउने र भाडा कमाउने गाडी साहुको ध्येय थियो ।

देहीमण्डौ हुदै ढणौनसम्म यी गाडी चलेको लगभग १२ बर्ष पुग्न थाल्यो । संघीय शासन व्यवस्था आएपछि गाउ घरका बासिन्दालाई यातायात सेवा दिन धमाधम कच्ची बाटो खनिए । यो देशभरिकै बाटो खन्ने प्रतिस्पर्धा थियो । यसबाट कुनै ठाउ बिशेश अछुतो रह्ने कुरो भएन । देहीमाण्डौ ढणौन, कपर्त सलेन, बसन्तपुर सम्म कच्ची बाटो खनिएका छ्न ।

मेलौली नगरपालिका ३ मा ढणौन र २ मा कपर्त पर्छ । सुर्काल भने दशरथ चन्द नगरपालिकामा छ । ढणौन, दुर्गास्थान, कपर्त र सुर्काल संघीय शासन व्यवस्था पछि मेलौली र दशरथ चन्द दुबैको भाग लगाइए । अहिले दशरथ ढणौनको लछिमारे र मेलौली दशरथ चन्दको पदमपुरसम्म फैलिएका छ्न । देहीमाण्डौ दशरथ चन्दमा छ ।

देहीमाण्डौ हुदै आएको मोटर बाटो चैसिर गाउ हुदै कुमाली गाड खोला पार गरेपछि ढणौन र दुर्गास्थानतिर बाडिन्छ । सुर्काल हुदै आउने बाटो कोइराल गाउ, दमौले डाडा, माणेथला, तुणा, बजाइखाली, लछिमारे, ठुलीगाड भएर गाउमा पुग्छ । अर्को बाटो पदमपुर, कैलपाल, दुर्गास्थान, कपर्त हुदै सलेना पुग्छ । गाडी चले पछि अधिकाङ्श सर्वसाधारण हिड्न मन गर्दैन । मान्छेले हिड्न थालेपछि पुराना बाटो लगभग मेटिने अवस्थामा छ्न ।

देहीमाडौ हुदै चलेका ती बाटो निकै खराब अवस्थामा छ्न । बर्खमा झन खराब हुन्छ । शुक्रवार देहीमाण्डौदेखि दुर्गास्थान र त्यस पछि ढणौन सम्म आउदा पैदल आउदा बाटोको दुरावस्था देखियो । बाटो मर्मत गरी सुधार गर्न कसैलाई चासो छैन जस्तो देखिन्थ्यो ।

देहीमाण्डौ हुदै आउने बाटो भूगोलको हिसाबले अफै कठिन छ । उकालो ओरालो, खोल नाला, जंगल, भिर पाखा पहाडी भूगोलका बिशेषता हुन । यो भूगोलमा सडक संचालन चानचुने कुरो होइन । सडक बनाइ सकेपछि त्यसलाई व्यवस्थित बनाएर गाडी चलाउन राज्यको ध्यान पुग्नु पर्छ ।

अब देहीमाण्डौ दुर्गास्थान र ढणौनसम्मको सडकको अवस्था हेरौ । देहीमाण्डौ चैसिर गाउसम्म ओरालो उकालो छ । चैसिर गाउको स्कुल पुगेपछि स्कुलसम्म तेस्रो छ । त्यपसछि कुमाली गाडसम्म उकाली ओरालीका घुम्ती छिचोल्दै पुगिन्छ । कतै खाल्डाखुल्डी,कतै हिलो त कतै बिच सडकमै ढुङ्गा । हेर्दा नै डरलाग्दो छ । यो अवस्था सडकमा सबैतिर छ । सडक दुरावस्था हेर्न र बर्णन गर्न साध्य छैन ।

बसन्तपुर गोठानी बुगाउ जाने सडक घुम्ती कटेर कुमाली गाडतिर झर्दै गर्दा एक जना मोटरसाइकलमा आउदै थिए । ओरालीमा भेटिएका मोटरसाइकलसित लिफ्ट मागियो । उहाले हेर्न भो, अगाडि बढ्नु भो । अनि मोडमा पुग्ने बित्तिकै रोकिनु भो ।

मैले भने – ढणौन जानु पर्ने हो, गाडी भेटिएन । हजुर कतासम्म जादै हुनु हुन्छ , मलाई पनि अलि सहयोग गर्न सकिन्छ ।

यति भन्दा सम्म उहा चिने जस्तो लाग्नु भो । मैले भने हजुर त चिने जस्तो लाग्नु भो, म फलानो हो । परिचय दिए ।

दुर्गास्थानसम्म जान लागेको भन्दै मलाई मोटरसाइकलको पछाडि बस्ने मौका दिनु भो । म पछाडि वसे । गफगाफ गर्दै दुर्गास्थान पुगेको पत्तो भएन । मोटरसाइकल चिप्लिएर कुन बेला भिरतिर पुगिने त्रास भने रहि रह्यो ।

मेलौली नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष महेन्द्र बहादुर चन्दसित यो यात्राको संयोग जुरेको थियो । २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका चन्द एमाले नेता हुन । चन्द कपर्तका हुन । २ नम्बर वडा कपर्त, सलेना, रौतगाउ, स्याडी, सेली, लिखुडा, दुर्गस्थान हुदै पदमपुर सम्म छ । दुई हजार दुई सय मतदाता छ्न । यो वडाको पहिलो निर्वाचित वडा बनेका छ्न चन्द ।

कुमाली गाड सुशेल्दै बगि रहेको थियो । गाड तर्न लाग्दा ओरालीमा सिमेन्टेट बाटो छ । बढी ओरालो भएकाले ओर्लिए । गाड तरेर आए पछि फेरी मोटसाइकल बसियो । गाडको पानी चिसो थियो । गाडको झोलुङ्गे पुल वारपार गर्नेको प्रतीक्षामा थियो । जीप नचल्दासम्म यो पुल धेरैले चढ्थे । कोही त पुलमा उभिएर फोटो खिच्थे । तल्लो स्वराड समान ढुवानी गर्ने घोडा खच्चर भने गाड भएर वारपार हुन्थे ।

यो बाटोको हालत लास्टै खराब रहेछ, कसैले मतलव नै गर्दैन
मैले मोटरसाइकल पछाडि फेरि बसेपछि निवर्तमान अध्यक्ष चन्दसित जिज्ञासा राखे ।

सुर्काल हुदै ढणौन जाने बाटो छुट्टि सकेको थियो । बाटोमा खाल्डाखुल्डी, हिलो त उस्तै थियो । मेरो जिज्ञासा सुनेर केही बेर अध्यक्ष चन्द बोल्नु भएन । केही पछि मलाई पत्रकार हो नि भनेर
मलाई भन्नु भयो ।

मैले हो भने । त्यसपछि बिस्तारै कुरा भन्नु थाल्नु भयो । यो बाटो जनताले पैसा उठाएर बनाएको हो । जनतालाई सुबिधा दिन बाटो खनिएको थियो । तत्कालिन जिल्ला बिकास समितिले २०६८ मा गाडी चल्ने बाटो बनाउन थल्यो, पछि जनताले पैसा उठएर आफै बनाए ।

यति भनि सकेपछि चन्दले यो बाटो मर्मत गत आर्थिक बर्ष २०८२/०८३ मा डेढ करोड बजेट आएको र त्यसको काम संतोषजनक नभएको भन्दै पूर्वाधार बिकास कार्यालयसम्म गुनासो गरिएको पुगाइएको सुनाए ।

सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय मातहतको पूर्वाधार बिकास कार्यालयबाट ठेक्का दिएर काम गरिएको छ ।

कठपते कपर्त खण्डको एक हजार ८ सय मिटर पानी पिचका लागि ठेक्का गरियो । २ नम्वर वडासम्म गर्ने भनिएको काम सम्झौता अनुसार नभएको गुनासो छ । एक हजार चार सय मिटरको सडकमध्ये चार सय मिटर मात्रै बनेको गुनासो छ । यो बिषयलाई लिएर स्थानीयहरु पत्रकार गुहारेर गुनासो राखेका रहेछन ।

पत्रकारले हाम्रो समस्याबारे सुन्न्न मन गर्दैन, पत्रकार पनि आ आफ्नो दलका मात्रै कुरा सुन्ने रहेछ्न । पत्रकार त दलको हुनु नपर्ने हो नि । पत्रकारले त सबैका कुरा सुन्ने होला नि ।

मैले भने – त्यस्तो त हुनु नपर्ने हो । पत्रकारले राजनितिक आस्था राख्ने पेशागत बिषयभित्र पर्दैन । नागरिक भई सकेपछि आस्था राख्नु नपाउने कुरा हुदैन । आस्था राख्ने कुराले पेशागत धर्म निर्वाहलाई बाधा अवरोध हुनु नराम्रो हो । निवर्तमान अध्यक्ष चन्द धर्म निर्वाह नदेखेर दुखी छ्न ।

मोटरसाइकल अघि बढ्दै गर्दा मैले भने – पत्रकारले त्यस्तो गर्दैन होला । त्यो पेशागत धर्म होइन, राजनितिक आस्था व्यक्तिगत हो ।
हामी पत्रकारले आग्रह पूर्वाग्रह राख्न हुदैन । यो हाम्रो आचार संहिताभित्र पर्दन।

दुर्गास्थानस्थित पूरानो स्वास्थ चौकी भवन पुग्नै लग्दा फेरि झर्ने पर्ने अवस्था आयो । यहा चाहि घुम्तीको उकालोमा दुई जनालाई मोटरसाइकल उकाल्नु मुस्किल थियो । कच्ची बाटो त्यसै अफ्ठेरो थियो । केही मान्छे कैलपाल मन्दिर जादै थिए । उनीहरुमध्ये दुई जनाले थ्री नट थ्री बन्दुक बोकेका थिए । निवर्तमान वडा अध्यक्ष चन्द र उनीहरू बिच केही समय कुरा भयो । त्यसपछि आ आफ्नो बाटो लाग्यौ ।

दुर्गास्थान स्वास्थ्य चौकीको जिर्ण भवन बाटो माथि छ । पहिले यो भवनको सान बेग्लै थियो । पछि श्री केदारेश्वर माध्यमिक बिद्यालय नजिक आयो । पूरानो भवन वेवास्तामा परेर जिर्ण हुन पुग्यो । बिग्रेको हालतको त्यो भवन अहिले पनि देख्न सकिन्छ ।

बिद्यालय नजिक पुगेपछि मोटरसाइकल फेरि घ्याच्च रोकियो । सडक किनार पसल थियो । त्यहा दुई जना बसि राखेका थिए । एउटा कुर्सी चाहि श्री केदारेश्वर माबिका शिक्षक गणेश चन्द हुनु हुन्थ्यो । शिक्षक चन्द ढणौनक हुनुहुन्छ । मैले ६ देखि १० सम्म पढ्दा उहासित कैयो दिन सङ्गै बिद्यालय गएको थिए । क्क्षामा राम्रो गरी पढाउनु हुन्थ्यो । गाउले भएकाले म उहासित कहिले धेरै कुरा हुदैन थियो । विद्यार्थी जिवनमा अलि लजाजु र थोरै बोल्ने स्वभावले दिन गए । शुक्रबार साझ भेट हुने वित्तिक्कै शिक्षक चन्दलाई अभिवादन गरी समान्य भलाकुसारी भए । त्यो पछि निवर्तमान वडा चन्दलाई धन्यवाद दिदै आफ्नो गन्तव्य लागे ।

मैले बिद्यालय माथिको जङ्गल भएर उकालो लागे । साझ परि सकेको थियो । २०५८ सम्म यो जङ्गल कम थियो । बाटो पनि पहिला जस्तो थिएन । त्यसको कारण अहिले बाटो हिड्ने मान्छे कम भए । जङ्गलको बाटो भएर गुबाणी हुदै दमौलेको डाडो कटेपछि थलाको बिद्यालय हुदै माणेथला भएर ढणौन पुगिन्छ।

दुर्गास्थान बिद्यालयको नामले परिचित ठाउ हो । श्री केदारेश्वर माबि छ । अहिले कक्षा १२ सम्म पठनपाठ्न हुन्छ । २०५७ को एसएलसी ब्याचपछि प्लस टु पढाउन थालियो । बिचमा क्याम्पस बनाउने पहल थालियो । बियालय वाहेक सानो बजार पनि छ । यो बजार पहिला गुल्जार हुन्थ्यो । अहिले चहलपहल पहिला जस्तो नभएको बताइन्छ ।

अहिले दुर्गास्थान भएर गाडी चढेर पनि माथि आउन सकिन्छ । सडक त्यस्तै कच्ची छ्न । बर्खा लागेपछि सडक झन खराब हालतमा पुगेका छ्न । खाल्डाखुल्डीमा पानी टन्न भरिएको छ । हिलोले पाइला चाल्न कठिन छ । साझ तिर टाढासम्म झिलमिल गाउ देखिए । गाउ घर बिजुली पुगेको धेरै भएको छैन । दमौलेको उकालोबाट कपर्त, बसन्तपुर, किम्तोली र सुर्कालसम्मको झिलमिली लोभ लाग्दो देखिन्थ्यो । माणेथला पुगेपछि ढणौन र एक बाग्कोट, पेल्याको बिजुली उज्यालो सजिलै देखियो ।

माणेथलादेखि बजाई खाली सम्म सिधा छ बाटो । बजाई खालीबाट ओरालो लागेपछि एक घुम्ती पार गर्दै साघुरो बाटो आउछ । लछिमरे पुग्दासम्म यो बाटो बालुवाका खानी छ्न । वाटो छेउमा बालुवाको थुप्रो पनि थिए । बालुवा खनेर स्थानीयले जिविकोपार्जन गर्छ्न । यो बालुवा बाहिर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।

लछिमरेदेखि डङ्गाउ हुदै कटाल खोला भएर गाउ पुग्दा रातको ठिक १० बजि सक्यो । बर्खा भएर पानी परेन । डाडा पाखा हरियाली छ । पानीको कलकल आवाज सुन्दै हिडेको पतो भएन ।

गाउघरमा मकैको घोगा लागि सकेका छ्न । जताजतै हरियाली छ । ग्वाल्लेक फेदको यो गाउ आफै प्रकृतिको अमूल्य उपहार हो । सुन्दरताले भरिभराउ छ, तलतिर एउटा पहाड भइ दिएको भए यो गाउ एउटा रमणीय उपत्यका हुने थियो । प्रकृतिले उपत्यका बन्न रोक्यो तर सुन्दरता रोक्न सकेन ।

हिजो भन्दा आज गाउघर फेरिएका छ्न । गाउमा गाडी पुगेको छ, बिजुली पुगेको छ । अधिकाङ्श घर सिमेन्टेड छ्न । पहिला पत्थरले छाएका पक्की घर हुन्थे । अहिले सिमेन्टको छ्त भएका घर छ्न । यसो हेर्दा सबथोक छ । भित्र चाहि अर्को बिडम्बना लुकेको छ । गाउ घर पहिला जति मान्छे छैन । सक्ने जति सबै गाउ छाडेर तराई झरेका छ्न ।

गाडी गाउमा पुगेर मान्छेलाई सजिलो भयो । यो अनुसार मान्छेका मन, व्यवहार, संस्कार, शैली सबै फेरिनु पर्ने हो । गाडी चलाउने चालक र तिनका मालिकको व्यवहार हेर्दा यी सबै सुविधा फिक्का सरह छ्न ।

गाडी मालिक भइ सकेपछि सडक पनि आफ्नो बिर्ता सोच्ने संस्कार देशभरिको समस्या हो । जति पनि कोच्ने र बसे बस, नबसे नबस भन्ने हुकुमी शैली सुधार गर्न सम्बन्धित सवारी व्यवस्थापन जिम्मा पाएको ट्राफिक प्रहरीले अग्रसर हुनै पर्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज