Advertisement

अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

दोधारा । लगातारको वर्षा संगै जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जग्गा कटानी गरेको छ् । जगबुडा नदीमा आएको बाढीले हालै निमार्ण गरिएको अस्थायी तटबन्ध भत्काईदिएको छ भने, धान, मकै र उखुवारीमा ब्यापक क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिने नेपाल–भारत संग जोडिएको सिमा बस्ती बिस्तापितको संघारमा रहेको स्थानियबासी दिल बहादुर रानाले जानकारी दिनुभएको छ् । जगबुडा नदीले बस्तीनै बिस्तापित हुने अवस्थामा रहेको स्थानियबासी दिल बहादुर रानाले बताउनुभयो । कतिबेला जगबुडा नदीले बस्तीलाई बगाईदिने हो, भन्ने त्रासले रातभरी जाग्रम बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरी बसोबास गर्दै आएको स्थानियबासी दिल बहादुर रानाले बताउनुभएको छ् । बाढीले अठार नम्वर पिल्लर बस्तीको बेहाल छ् ।

बाढीले जगबुडा नदी किनारका अन्न उब्जाएर खाने खेत वर्षै पिच्छे कटान गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुलाई छाक टार्न सकस भएको बस्तीका अर्का स्थानियबासी डम्मरी देवी ओलीले बताउनुभयो । असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको बाढीले बस्ती बिस्तापित हुने गरि घर आँगन नजिक जगबुडा नदी पुगेको डम्मरी ओलीले बताउनुभएको छ् । नदीले जग्गा कटानी गरेर सुकुम्वासी बनाएको अवस्थामा वर्षौ देखि बस्दै आएको बस्तीनै नदीले बगाईदिने चिन्ताले पिरोली रहेको डम्मरी देबी ओलीले बताउनुभयो । भारतको नाङ्ला स्केपबाट आएको जगबुडा नदीले अठार नम्वर पिल्लर बस्ती क्षेत्रमा बिगतका दिनहरु देखि जग्गा कटानी गर्दै आएको छ् । घर आँगन नजिक जगबुडा नदी आएको अवस्थामा थप जग्गा कटानी भएपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा पुगेको छ भने, अर्कोतिर बाढीले खेतनै बगाएर खाद्यान्नको चरम अभाव भोग्नु पर्ने अवस्था रहेका उनिहरु बताउछन् ।

शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले अठार नम्वर पिल्लर बस्तीको अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभएको छ् । बाढीले बस्तीनै बिस्तापित हुने अवस्थालाई मध्यनजर राख्दै आफुले प्रदेश सभाको बैठकमा समेत यसबारे माँग राखेको बताउनुभएको छ् । सिमाको सुरक्षा गर्दै आएका अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जरुरी रहेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् ।

नाजुक अवस्थामा रहेको उक्त बस्तीलाई प्रदेश सरकारबाट नदी नियन्त्रण संग बस्तीलाई सुरक्षित राख्ने काम गरिने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी घर आँगन नजिक पुग्दा बस्तीनै उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज