कच्ची सडक, कोचाकोच यात्रा
रनि विवश- शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देहीमाण्डौमा यात्रु ओरालेर बस गन्तव्यतिर हुइकियो । स्थानीय घर जाने तरखर गर्दै थिए । ढणौन र सुर्काल हिड्ने तयारीमा थिए दुई जीप । एक छिनपछि ति दुई जीप पनि गन्तव्य हुइकिए । दुबै गाडी भरि यात्रु थिए । यात्रु सीटमा मात्रै थिएन, पछाडि झोला झिम्टा, बोरी बिस्तारा राखिएको थियो । गाडी हिड्ने बेला पछाडी पनि यात्रु कोचिए । तराईतिर ट्रकमा पशु चौपाया कोचेका दृश्य जस्तै थियो । उनीहरु जसरी नि आफ्नो गन्तव्य पुगाउने र भाडा कमाउने गाडी साहुको ध्येय थियो ।
देहीमण्डौ हुदै ढणौनसम्म यी गाडी चलेको लगभग १२ बर्ष पुग्न थाल्यो । संघीय शासन व्यवस्था आएपछि गाउ घरका बासिन्दालाई यातायात सेवा दिन धमाधम कच्ची बाटो खनिए । यो देशभरिकै बाटो खन्ने प्रतिस्पर्धा थियो । यसबाट कुनै ठाउ बिशेश अछुतो र...




















