Advertisement

Author: नयाँ खबर

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने छ :  कानुनमन्त्री कार्की

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने छ : कानुनमन्त्री कार्की

समाचार
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर  छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन  कुरा भइरहेको जानकारी दिनुभयो । समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी  दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने  र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने...
सुनापति गाउँपालिकाको वडा बिभाजन विवाद टुंगियो

सुनापति गाउँपालिकाको वडा बिभाजन विवाद टुंगियो

समाचार
रामेछाप । सुनापति गाउँपालिकाको वडा विभाजन हिजो बसेको कार्यपालिकाको बैठकबाट टुंगिएको छ  । भल्वाडी मैत्रीय सेवा समितिले भल्वाडी नामलाई काटेर नयाँ वडाको नाम बेथान पानीघाट नामाकरण गरि सिंगो भल्वाडी माथि हस्ताक्षर गरिएको भन्दै अब बन्ने नयाँ वडाको नाम  भल्वाडी बेथान नामकरण गरिनु पर्ने माग गरिएको ३५ दिनपछि हिजो बसिएको गाउँकार्यपालिकाको बैठकले नयाँ वडाको नाम  बेथान भल्वाडी  हुने निर्णय गरिएको ३ नम्बर वडा अध्यक्ष बाबुराम तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।गत असार ३० गते सुनापति गाउँपालिकाको नवौ गाउँसभाले मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाएर २ वटा वडा बनाउने निर्णय गरिएको थियो। जसअन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को साविक वडा नम्बर २,३,४, ५ र ६ वडालाई ६ नम्बर वडाको लागि प्रस्ताव गरि वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको थियो। त्यसैगरी साविक बडा नम्बर १, ७...
अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

समाचार
रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।बिहिबार गठन भएको अखिल क्रान्तिकारी सुनापति गाउँपालिकाको इन्चार्ज हिक्मत थिङ, उपाध्यक्षमा रुपेस नेपाली, समिर तामाङ, सचिव सन्तोष गौतम रहेका छन । आज हिलेदेवीमा भएको भेलाका प्रमुख अथिति  नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ (टलक)ले सम्बोधन गर्नु भएको छ । भेलालाई सम्बोधन गर्दै घिसिङले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताउनु भएको छ । उहाले आफु पनि विद्यार्थीबाट नै राजनीतिमा  आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने उहाले बताउनु भएको छ । विद्यार्थी राजनीतिबाट नै यस ...
तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

समाचार
काठमाडौँ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिबाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प...
भदौ १४ गते सार्वजनिक बिदा

भदौ १४ गते सार्वजनिक बिदा

समाचार
काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । 
एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने

एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने

राजनीति
काठमाडौँ । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताउनुभयो । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उहाँको भनाइ छ । “उहाँहरु फर्कनु भयो भने हामी स्वागत गर्दछाँै”, उहाँले भन्नुभयो, “आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।”बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिव...
५ करोड ३० लाख मात्रा खोप सुनिश्चित

५ करोड ३० लाख मात्रा खोप सुनिश्चित

स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उहाँले भन्नुभयो । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उहाँले जानकारी दिनुभयो ।“हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्”, उहाँले भन्नुभयो, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।” वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उहाँले जानकारी दिनुभयो । सरकारले दुर्गम र विकट जिल्लालाई ...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

राजनीति
काठमाडौँ । नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिनुभयो । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ । यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मङ्सिरको दोस्रो साता...
जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

समाचार
काठमाडौँ । जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ । कोरोनाभाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यसवर्ष बढी देखिएका छन् ।  विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने विज्ञहरूले बताएका छन् । अघिल्लो वर्ष ४९९ बालबालिकाले आत्महत्या गरेकोमा यसवर्षको अहिलेसम्म पनि अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ । विज...
कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरिने

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरिने

राजनीति
काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ ।नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि  प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ । कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको सो दलले जनाएको छ । सनाखतमा सङ्घीय संसद्का ३४, नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहेका ५९ सदस्य निर्वाचन आयोगमा पुग्नुभएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज