Advertisement

जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फमको निर्माण भईरहेको छ । सदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२मा विनियोजन गरेको बजेट मार्फत पचास प्रतिशत अनुदानमा कञ्चनपुर जिल्लाको विभिन्न ठाउँमा गरी जलबायु प्रविधिमा आधारीत ६ वटा कुखुरा पालन फर्मको निर्माण भईरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरमार्फत उक्त बजेट कार्यान्वयन भईरहेको छ ।

 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्काका अनुसार भीमदत्त नगरपालिकाको वडा नं। ५ १० र ११, बेलौरी नगरपालिकाको वडा नं १०, कृष्णपुर नगरपालिकाको वडा नं ९ र बेदकोट नगरपालिकामा गरी जिल्लाको ६ ठाउँमा जलवायु प्रविधिमा आधारीत कुखुरा फार्म निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका वडा नं। ११ भुजेलामा किशोर विष्टको विष्ट पोल्ट्री फार्म, भीमदत्त नगरपालिका वडा नं। १० जिमुवामा निर्मला भट्टको निरु पशुपन्छी फार्म, भीमदत्त नगरपालिका वडा नं। ५ तिनतारामा अजय चन्दको श्री तिनतारा पोल्ट्री फर्म र चन्द्रा देवी सुतारको रोहित पोल्ट्री फार्म एण्ड प्रोटिन सेन्टरसंग जलवायु प्रविधिमा आधारीत कुखुरा फार्म निर्माणका लागि पचास प्रतिशत अनुदान दिने सम्झौता भई निर्माण भईरहेको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिका वडा नं। ९ राजघाटका जय बहादुर चन्दको सुदिप पोल्ट्री फर्म, बेलौरी १० शिवनगरका संगिता उपाध्यायको प्रशंसा नमुना कृषि फर्म र बेदकोट नगरपालिका वडा नं। ५ पोल्खरीका कृष्णा कुमारी पन्तको कृष्णा पोल्ट्री फीड एण्ड सप्लायर्ससंग पचास प्रतिशत अनुदान दिने सर्तमा सम्झौता भई फर्म निर्माण भईरहेको छ ।
लागत साझेदारी सम्झौताअनुसार पचास प्रतिशत लगानी कृषकले लगानी गर्ने र पचास प्रतिशत रकम सरकारले निर्माण कार्यसम्पन्न भएपछि भुक्तानी गर्ने विज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले जानकारी दिए । उनका अनुसार ६ वटै फर्मलाई ३०÷३० लाख रुपया अनुदान दिने सम्झौता भएको छ ।
उनले भौतिक संरचना निर्माण गरीसकेपछि मुल्यांक गरेर अनुदान रकम भुक्तानी गरीने बताए । ‘सम्झौता अनुसार समग्र निर्माण कार्य सम्पन्न भईसकेपछि मात्रै यसको प्राविधिक मुल्यांक गरेर मात्रै भुक्तानी गछौ,’ कार्यालय प्रमुख खड्काले भने, ‘लागत साझेदारी अनुसार लगानीको पचास प्रतिशत रकम कार्यालयले कृषकसंग गरीएको सम्झौतामा रकम नबढ्ने गरी पचास प्रतिशत अनुदान रकम भुक्तानी गर्नेछ ।’

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख खड्काले कञ्चनपुर जिल्लाभरीमा ६ जना किषानलाई जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फर्म निर्माण गर्न अनुदान उपलब्ध गराउने सम्झौता गरेको बताउनुभयो । ‘भीमदत्त नगरपालिका वडा नं ५, १० र ११ नम्बर, बेलौरी नगरपालिका वडा नं। १०, कृष्णपुर नगरपालिका वडा नं। ९ र बेदकोट नगरपालिका वडा नं। ५ का १र१ जना किषान गरी जिल्ला भरीमा ६ जना किषानसंग फर्म निर्माण गर्न सम्झौता गरीएको छ,’ उहाँले भन्नुभयो ‘जिल्ला भरीमा एक करोड ८० लाख रुपया अनुदान दिईएको हो ।’
प्रतिकुल समयमा पनि मासुको उत्पादनमा बृद्धि गर्नका लागि सरकारले अनुदान दिई फर्म स्थापना गरीरहेको कार्यालय प्रमुख खड्काले बताए । ‘गर्मीको समयमा कुखुराको तौल नबढ्ने समस्या हटाई उत्पादनमा बृद्धि गर्ने उदेश्यका साथ सरकारले कृषकहरुलाई अनुदान दिएको हो,’ उनले भने, ‘यो प्रविधि नयाँ हो, यो प्रविधिको अरुले पनि देखासिकि गरेर कुखुराको उत्पादन बृद्धि गराई उत्पादनलाई घाटा हुन नदिन र नयाँ उत्पादनकलाई प्रोत्साहन पुगोस भन्ने हेतुले सरकारले अनुदान दिएको हो ।’

यस प्रविधिको प्रयोगले मासुको उत्पादन परिमाण र गुणस्तरमा बृद्धि हुने अपेक्षा गरीएको छ । यसले जिल्लामा मासुजन्य पदार्थ र अण्डाको उत्पादन परिमाणमा बृद्धि गरी अन्य जिल्ला मासुको निर्यात गर्न कृषकलाई प्रमोसन गर्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज