Advertisement

क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ग्रह जिल्ला कञ्चनपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान पाँच वर्षदेखि बजेट अभावले निर्माण अलपत्र

Advertisement

महेन्द्रनगर– बजेट अभावले क्रिकेट स्टेडियम निर्माण कार्य अलपत्र बनेको छ । सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको हो । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेको छैन् ।

 

कभर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन्। क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको गुनासो गरे । ‘कञ्चनपुरमा ठूलो कुनै प्रतियोगिता गर्नुप¥यो भने खेलमैदान नै छैन, साना प्रतियोगिता गर्न समेत समस्य पर्ने गरेको छ ।’ उनले भने, ‘कभर्ड हलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेलाउनुपर्ने बाध्यता छ ।’
कञ्चनपुर जिल्लाको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमको डिपिआर निर्माण भएको आठ बर्ष हुदा पनि सरकारको प्राथमिकतामा नपर्दा बजेट विनियोजन हुन नसकेको उनले बताए । ‘कभर्डहलमा अन्तर्राष्ट्रिय स्टेडियमका लागि डीपीआर तयार भएको पनि आठ वर्ष भइसक्यो स्टेडियमको काम प्रारम्भ हुन सकेको छैन।’ चन्दले भने, ‘नेपालको हरेक समूहका राष्ट्रिय क्रिकेट टिममा कञ्चनपुरका खेलाडी छन् तयर यहाँ खेल मैदान बन्न सकेको छैन।’
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट डेढ करोड बजेट आएपनि उक्त रकम माटो भरानमै सकिएको छ। क्रिकेट स्टेडियम निमार्णका लागि कर्वडहल क्षेत्रमा साढे चार कट्टा जग्गा छुट्याइएको छ ।

विभिन्न खेलमार्फत अन्तरराष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले क्रिकेटको उर्बर भूमि भएपनि यहाँ प्रतियोगिता सञ्चालनका लागि क्रिकेट स्टेडियम बन्न नसकेको बताए । ‘राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेलमैदान बन्न सकेको छैन।’ उनले भने, ‘पर्याप्त बजेको अभाव र खेलाडीहरु सुविधा छैन भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन।’
क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका चर्चित खेलाडी उत्पादनको हब कञ्चनपुर जिल्ला हो । अहिले पनि कञ्चनपुरका मात्रै चार जना क्रिकेट खेलाडी नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छन् । विश्वकीर्तीमान बनाउने दीपेन्द्रसिंह ऐरी देखी नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा परेको छैन। महिला क्रिकेटको राष्ट्रिय टीमदेखि हरेक समूहका राष्ट्रिय टिममा कञ्चनपुरका खेलाडीको बर्चश्व छ ।

 

पछिल्लो पुस्तामा प्रतिभावान खेलाडी देखिएका भए पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधा नहुँदा खेलाडी पलायन भइरहेका छन् । महेन्द्रनगरस्थित कर्बडहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरित प्रयोग गरेपछि खेलाडीले कभर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको यहाँका स्थानीय बताउँछन्। ‘राष्ट्रिय टीममा कञ्चनपुरकै खेलाडीको प्रतिनिधित्व धेरै छ, यहाँका खेलाडीले गोल्ड मेडलसम्म ल्याएर देशको नाम चिनाएका छन्।’ यहाँका स्थानीय किशन थापाले भने, ‘क्रिकेटमा दूर्लभ विश्वकिर्तीमान राख्ने खेलाडी दीपेन्द्र यहिको उत्पादन हुन तर राज्यको ध्यान खेलाडीको वृद्धि विकासमा पुग्न सकेन।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्न...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य ए...
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा नि...
पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्य...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेक...
बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज