Advertisement

कञ्चनपुरमा पनि ३२औँ मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाईयो

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।

नेकपा(एमाले) कञ्चनपुर जिल्ला कमिटी तथा एमाले भीमदत्त नगर कमिटीको आयोजनामा जन नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण सहित महाकाली प्रादेशिक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरी ३२औ मदन–आश्रित स्मुति दिवस मनाईएको हो ।

 

२०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा देशभर ‘मदन–आश्रित स्मृति दिवस’ मनामनाईएको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा र मदनचोकमा रहेको मदनभण्डारीको शालिमकमा फुलमाला चढाएर कार्यक्रममा उपस्थीत एमाले नेता कार्यकर्ताहरुले जननेता मदन भण्डारीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । कार्यक्रममा एमाले कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पाल, जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

 

रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै आलोचना हुँदै आएको छ । उक्त घटनामा जीवित चालक अमर लामाको पनि २०६० सालमा हत्या भएपछि घटना झनै रहस्यमय बनेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज