नयाँ खबर
महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठक आगामी साउन २४ गते गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले संगठन सुदृढीकरण, आगामी रणनीति तथा जन समस्या समाधान गर्ने सम्बन्धी विषयमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो ।

जिल्ला इन्चार्ज निरु देवी पाल प्रमुख अतिथि रहेको बैठकमा जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षता रहेको थियो । एमाले केन्द्रीय सदस्य कृपाराम राना, पदेश कमिटी सचिव रण बहादुर चन्द लगायतका एमाले नेता अतिथि रहेका थिए ।

बैठकमा संगठनात्मक समीक्षा, सदस्य विस्तार, पार्टीको नीति कार्यान्वयन तथा जिल्लास्तरीय राजनीतिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले जानकारी दिनुभयो । बैटकमा पार्टीलाई जनस्तरसम्म अझ मजबुत बनाउँदै आगामी रणनितिक तयारी गर्न सुझाव आएको र ति विषयमा महत्वपूर्ण निर्णय पनि गरीएको उपाध्यक्ष अवस्थीले बताउनुभयो ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।