Advertisement

सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

महेन्द्रनगर–महेन्द्रनगरमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) को आयोजना हुने भएको छ । सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रवद्धनका लागि नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा फारवेष्टर्न टुरिज्म मार्टको आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको समुद्धघाटन पर्यटन तथा नागरीक उड्यानमन्त्री बद्री पाण्डेयले गर्ने कर्याक्रम रहेको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकिय गन्तव्यहरुको बारेमा जानकारी र आन्तरीक र बाह्य पर्यटकहरु भित्र्याउने बारे नेपाल–भारतका पर्यटन व्यबसायीहरुविच छलफल गर्ने तथा मुख्य पर्यटकियस्थलहरुमा भ्रमण गराउने लक्ष्य महोत्सवको रहेको महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले बताए ।

उक्त मार्ट कार्यक्रममा भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका ५० जना बढि पर्यटन व्यवसायीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव आयोजक समितिका संयोजक केसीले छिमेकी मुलुक भारतका पर्यटक व्यवसायीहरुलाई सुपका मुख्य पर्यटकिय स्थानहरुको बारेमा जानकारी गराउने बताए ।
‘दुवै देशका पर्यटन व्यवसायीहरुसंग पर्यटन बृद्धि विकासदेखि नेपालमा कसरी पर्यटन भित्र्राउने बारे विज्ञहरुबाट चुनौती एव सम्भावनाका विषयमा घनिघुत छलफल हुनेछ, ‘उनले भने, ‘पर्यटन प्रर्बद्धनका लागि हामीले भारतीय पर्यटन व्यवसायीसंग नेपालमा पर्यटक भित्र्राउन प्याकेज बनाउन योजना दिन्छौँ ।’
दोस्रो दिन महाकाली, कर्णाली नदीका ट्याफ्टिङ, टीकापुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका पर्यटकीय स्थलको प्रत्यक्ष अवलोकन गराउने बताए । तेस्रो दिन नेपालको पर्यटन बृद्धि विकासका लागि समिक्षा सहित समापन गरिने छ ।

 

नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले उक्त मार्ट कार्यक्रमबाट नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने भएकाले पर्यटन माध्यमबाट आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताए ।
‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘उनले भने, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’
सुदूरपश्चिमको पर्यटन विषयमा जानकार राख्ने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धन हुने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन जोडदिए ।
कञ्चनपुरका होटल व्यवसायी जगदिशचन्द्र भट्टले यस महोत्सवमा बिटुबी(विजनेस टु विजनेस) छलफल हुने भएकाले नेपालका पर्यटकीय गन्तव्य रहेका क्षेत्रमा राम्रो आतिथ्यता स्वागत गर्न सके थप पर्यटन प्रर्बद्धन हुने बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पर्यटन बृद्धि विकासका लागि संचार माध्यममकोे भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन प्रर्बद्धनका क्षेत्रमा संचारकर्मीले समेत आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने बताए । कार्यक्रमको मुख्य आयोजना होटेल ओपेरा हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज