महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शनिबार लालझाडी गाउपालिकाको समन्वय तथा श्री नं २५ बाहिनी अड्डा भगतपुरको आयोजनामा लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालय कञ्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । स्वास्थ्य शिविरमा ११ विशेषज्ञ चिकित्सक तथा अन्य मेडिकल अधिकृतहरूले सेवा प्रदान गर्ने बाहिनीपति माधव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको सैनिक अस्पताल नेपालगञ्ज, धनगढी तथा महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरूको टोली सहभागी हुनेछ । शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थोपेडिक ओपिडी, अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, नाक, कान, घाँटी, दाँत, स्त्री तथा बाल रोगसम्बन्धी सेवा प्रदान गरिने छ । शिविरबाट एक हजारभन्दा बढी स्थानीय लाभान्वित नेपाली सेनाले जनाएको छ । वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने छ ।
बाहिनीपति थापाले स्वास्थ्य शिविरमा अन्य पालिकाका सेवाग्राहीले पनि सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो । आवश्यक औषधि तथा सहायक सामग्री विभिन्न सहयोगी संस्थाहरूले प्रदान गर्ने बताइएको छ । बाहिनीपति थापाका अनुसार स्वास्थ्य शिविरका साथै सैनिक प्रदर्शनी, लागु औषध दुर्व्यसन रोकथामबारे जनचेतना, वातावरण संरक्षणसम्बन्धी सचेतना, सांस्कृतिक कार्यक्रम, मन्दिर सरसफाइ, सर्प दंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि गरिने छन् । ती अन्य गतिविधिहरू भने आजैदेखि सुरु हुँदै छन् ।
नेपाली सेनाले विपद् व्यवस्थापन, सामाजिक कार्य तथा भौतिक पूर्वाधार निर्माणमा समेत योगदान दिँदै आएको छ । सेनाले नागरिकसँग सहकार्य अभिवृद्धि गर्न विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै आएको छ ।
उक्त शिविरबाट सक्दो बढिभन्दा बढि लाभ उठाउन लालझाडी पालिकाबासीलाई गाउँपालिका अध्यक्ष निर्मल रानाले आग्रह गर्नुभएको छ । उहाले शिविर आयोजना गर्नुको मुख्य उदेश्य लालझाडीका स्थानीयलाई गाउघरमै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताउनु भयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।