महेन्द्रनगर–महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन संयोजकको जिम्मेवारी दिदै बिभिन्न विषयका विहान र साझको समयमा निशुल्क ट्यूसन कक्षा संञ्चालन गरेको हो ।
निशुल्क ट्यूसन कक्षा अन्तरगत एईईको लेखा तथा कार्यालय संञ्चालन विषय रामदत्त अवस्थी, गणित विषय चक्र बहादुर महरा, अंग्रेजी विषय प्रअ केशर सिंह महरा, विज्ञान विषय लक्ष्मी भट्ट, सामाजिक विषय चन्द्र प्रकाश जोशी, नेपाली विषय हरी प्रसाद जोशी र ईन्द्रदेव पाठकले पढाईरहनुभएको छ । ट्यूसन कक्षामा विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कक्षा आठका ट्यूसन संयोजक चक्र महराले बताउनुभयो ।
कमजोर विद्यार्थीलाई मध्यनजर राख्दै ट्यूसन कक्षा संञ्चालन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिले बताउनुभयो । ‘हामीले खासमा कमजोर विद्यार्थीहरुलाई मध्यनजर गरी ट्यूसन कक्षा सञ्चालन गरेका हौँ,’ अध्यक्ष आग्रिले भन्नुभयो ‘शिक्षक तथा सरहरुले पनि मिहिनेतका साथ पढाईरहनु भएको छ, साझ विहान जसको जतिबेला समयमिल्छ त्यहि समयमा कक्षा सञ्चालन गरेका छौ ।’
उहाँले विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत शिक्षक र पिटिएको टिमले आ–आफ्नो क्षेत्रबाट काम गरीरहेको बताउनुभयो । ‘विद्यालयको शैक्षिक गुणस्तर कसरी हुन्छ बृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत शिक्षक र पिटिएको टिमले आफ्नो÷आफ्नो जिम्मेवारी निर्वाह गरीरहेको छ,’ अध्यक्ष आग्रिले भन्नुभयो ‘भृकुटी स्कूलको शैक्षिक गुणस्तर बृद्धिका लागि कुनै कसर बाकि राख्दैनौ ।’
पिटिएको टिमले आफ्नो गर्ने कार्य कक्षा अनुगमनदेखि लिएर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न कार्य गरीरहेको पिटिए सदस्य धन बहादुर बोहराले बताउनुभयो । ‘पिटिएको टिमले कक्षा अनुगमन गर्ने कार्य गरीरहको छ, आजपनि विभिन्न कक्षाहरुको अनुगमन गरेका थियौ,’ पिटिए सदस्य बोहराले भन्नुभयो ‘विद्यालयमा राम्रा शिक्षक छन् तर किन नतिजा उत्कृष्ट आइरहेको छैन् त्यसको लागि के गर्नुपर्छ पिटिएको मिटिङ बसेर छलफल गछौ र थप निर्णय लिनेछौ ।’
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।