Advertisement

महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी को आयोजनामा बुधबारदेखि एलबिए टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली(बुधबार)देखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजक एलविए ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ । अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टिमलाई नगद १लाख १५ हजार र उपविजेता टिमलाई नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट खेलाडीहरुलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागि टिमको १० हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

लिटिल बुद्ध एकेडेमीका अध्यक्ष नरेन्द्र सिह खत्रीले विद्यार्थीको प्रतिभा खेलकुद माध्यामबाट समेत प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ । प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि खेलाडीमा उत्साहको वातावरण सृजना गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज