Advertisement

महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी को आयोजनामा बुधबारदेखि एलबिए टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली(बुधबार)देखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजक एलविए ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ । अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टिमलाई नगद १लाख १५ हजार र उपविजेता टिमलाई नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट खेलाडीहरुलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागि टिमको १० हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

लिटिल बुद्ध एकेडेमीका अध्यक्ष नरेन्द्र सिह खत्रीले विद्यार्थीको प्रतिभा खेलकुद माध्यामबाट समेत प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ । प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि खेलाडीमा उत्साहको वातावरण सृजना गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज