Advertisement

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतद्धारा गल्ती स्वीकार, सरस्वती र भगवती समुहको पुनः नयाँ कार्यसमिति गठन

महेन्द्रनगर– शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता क्षेत्र अन्तरगतको बेदकोट उपभोक्ता समिति द्धारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले कडा विरोध गरेपछि समितिका अध्यक्ष अर्जुन कठायतले गल्ती भएको स्किार गरेका छन् । सोमबार समिति अध्यक्ष कठायतले वडा नं. १० का वडा अध्यक्ष रतन सिंह विष्टको बिशेष उपस्थितिमा भगवती उपभोक्ता समुह र सरस्वती उपभोक्ता समुहको नयाँ कार्यसमिति गठन गरेका छन् । उनले उक्त समुह गठनको दौरानमा जानाजान गल्ती नगरेको तर उपभोक्ता समुह गठनमा गल्ती भएको स्वीकार गरेका हुन । शनिबार विहान उपभोक्ताहरुले समितिको कार्यालयमा पुगेरै विरोध गरेका थिए ।

सरस्वती महिला उपभोक्ता समूहको अध्यक्षमा लक्ष्मी वादी, उपाध्यक्षमा माया रावल, कोषाध्यक्षमा अमृता कार्कि बडुवाल, सदस्यमा जमुना पाण्डेय, पार्वती हमाल मल्ल र लक्ष्मी बोहरा चयन गरिएको छ । भने प्रतिनिधिमा लक्ष्मी वादी र गिता एडी चयन गरिएको छ । उपभोक्ता भेलामा ४९ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी भगवती महिला उपभोक्ता समुहको अध्यक्षमा गंगा देवी थापा, उपाध्यक्ष धर्मादेवी लुहार, सचिवमा कृष्णा सुनार, कोषाध्यक्षमा राजेश्वरी शाह थापा, सदस्यमा कल्पना थापा, सानु लुहार र पद्मा दमाई चयन गरिएका छन भने प्रतिनिधिका लागि गंगा देवी थापा र कृष्णा सुनार चयन गरिएका छन् । भगवती समुहको ३४ जना उपभोक्तामध्ये ३३ जनाको उपस्थिती रहेको थियो ।

यस अघि अध्यक्ष कठायतले आफुलाई सहजहुने गरी सुटुक्क प्रतिनिधि छनौट गरेका थिए । स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको भन्दै कडा विरोध गरेका थिए । उनीहरूले समिति अध्यक्ष कठायतले आफ्नो स्वार्थअनुकूल व्यक्तिहरूलाई मात्रै चयन गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज