Advertisement

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतद्धारा गल्ती स्वीकार, सरस्वती र भगवती समुहको पुनः नयाँ कार्यसमिति गठन

महेन्द्रनगर– शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता क्षेत्र अन्तरगतको बेदकोट उपभोक्ता समिति द्धारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले कडा विरोध गरेपछि समितिका अध्यक्ष अर्जुन कठायतले गल्ती भएको स्किार गरेका छन् । सोमबार समिति अध्यक्ष कठायतले वडा नं. १० का वडा अध्यक्ष रतन सिंह विष्टको बिशेष उपस्थितिमा भगवती उपभोक्ता समुह र सरस्वती उपभोक्ता समुहको नयाँ कार्यसमिति गठन गरेका छन् । उनले उक्त समुह गठनको दौरानमा जानाजान गल्ती नगरेको तर उपभोक्ता समुह गठनमा गल्ती भएको स्वीकार गरेका हुन । शनिबार विहान उपभोक्ताहरुले समितिको कार्यालयमा पुगेरै विरोध गरेका थिए ।

सरस्वती महिला उपभोक्ता समूहको अध्यक्षमा लक्ष्मी वादी, उपाध्यक्षमा माया रावल, कोषाध्यक्षमा अमृता कार्कि बडुवाल, सदस्यमा जमुना पाण्डेय, पार्वती हमाल मल्ल र लक्ष्मी बोहरा चयन गरिएको छ । भने प्रतिनिधिमा लक्ष्मी वादी र गिता एडी चयन गरिएको छ । उपभोक्ता भेलामा ४९ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी भगवती महिला उपभोक्ता समुहको अध्यक्षमा गंगा देवी थापा, उपाध्यक्ष धर्मादेवी लुहार, सचिवमा कृष्णा सुनार, कोषाध्यक्षमा राजेश्वरी शाह थापा, सदस्यमा कल्पना थापा, सानु लुहार र पद्मा दमाई चयन गरिएका छन भने प्रतिनिधिका लागि गंगा देवी थापा र कृष्णा सुनार चयन गरिएका छन् । भगवती समुहको ३४ जना उपभोक्तामध्ये ३३ जनाको उपस्थिती रहेको थियो ।

यस अघि अध्यक्ष कठायतले आफुलाई सहजहुने गरी सुटुक्क प्रतिनिधि छनौट गरेका थिए । स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको भन्दै कडा विरोध गरेका थिए । उनीहरूले समिति अध्यक्ष कठायतले आफ्नो स्वार्थअनुकूल व्यक्तिहरूलाई मात्रै चयन गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज