Advertisement

वडाध्यक्ष नै अध्यक्ष रहेको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोप

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिस्थित सरस्वती माध्यमिक विद्यायल(प्राविधिक) मा औषधि खरिदमा अनियमितता भएको आरोप लागेको छ । प्रि–डिप्लोमा ईन भेटनरी साईन्स कार्यक्रमका लागि विद्यालयले कोटेसनमार्फत गत जेठमा खरिद गरेको औषधिमा अनियमिता भएको विद्यालयकै शिक्षकहरुको दावि छ ।
विद्यालयका कार्यक्रम संयोजक धिरेन्द्र कुमार ढुङ्गालले औषधि खरिदमा आर्थिक अनियमिता भएको बताए । उनका अनुसार सिटीईभीटीबाट औषधी खरिदका लागि तीन लाख बजेट आएकोमा कम औषधी खरिद गरिएको बताए । प्रयोगशाला र पशु उपचारका लागि आउने किसानका लागि गरिएको औषधी खरिद पक्रियाबारे आफु कार्यक्रम संयोजक भएपनि विद्यालयले कुनै जानकारी नगराएको उनको भनाई छ । माग फारम अनुसार एक लाख भन्दा कमको औषधी आएको देखिएको उनले बताए । केही औषधी अंकित मुल्य नभएको, म्याद नाघेको समेत भेटिएको छ ।
त्यस्तै विद्यालयकी सहायक प्रशिक्षक आस्था जोशीले बिलमा तीन लाखको औषधि खरिद गरेको देखिए पनि एक लाख भन्दा कमको औषधी मात्रै आएको दावि गरिन् । साथै औषधी रुजु गर्दा सम्बन्धित विज्ञ शिक्षकबाट गराउनु पर्नेमा भाषा शिक्षकबाट गरिएको समेत उनले बताईन् । यस विषयमा कुरा उठाउदाँ आफुलाई जागिरबाट नै हटाईदिने धम्की समेत आएको उनको आरोप छ ।

 

विद्यालय व्यवस्थापन समितिको समेत मिलोमतोमा अनियमिता भएको स्थानीयको आरोप छ । विद्यालयमा भएको अनियमिताबारे जानकारी गराउदाँ समेत अध्यक्षले नजर आन्दाज गरेको स्थानीयको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउँद कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष समेत हुन् । जन प्रतिनिधिले सुशासन र पारदर्शिता कायम गराउनु पर्नेमा उल्टै अनियमिताको संरक्षण गर्ने गरेको स्थानीयको दावि छ ।

 

विद्यालयका प्रधानाध्यापक अम्बदत्त बडुले नियम अनुसार नै खरिद गरेको दावि गरे । उनले तीन लाख बजेटमा दुई लाखको मात्रै औषधी खरिद गरिएको बताए । साथै एक लाख रुपयाँ विद्यालयकै खातामा जम्मा गरेको उनले दावि गरे । ‘दुई लाखको औषधीले पुग्ने भएपछि विद्यालयले कम खरिद गरेको हो, २५ हजार कमिसनसहितको बाँकी रकम विद्यालयकै खातामा जम्मा गरेका छौँ ।’ प्रअ बडुले भने ‘प्रशासनीक खर्च धेरै हुदा विद्यालय घाटामा छ, अन्य प्रयोजनका लागि बजेट खातामा जम्मा गरिएको छ ।’ कानुनः शर्सत अनुदानमा प्राप्त बजेट अन्य शिर्षकमा खर्च गर्न पाईदैँन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज