Advertisement

बेलडाँडीमा निर्माणाधिन १५ शैय्या अस्पतालको निर्माण कार्य पुनः स्थगित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा रहेको निर्माणाधीन १५ सैया अस्पताल भवनको निर्माण कार्य झण्डै डेढ महिनादेखि रोकिएको छ । डिपिआरमा निर्माणाधिन भवनको विमहरुको९क्षमता०मोटाई कम रहेको र उक्त प्राविधिक त्रुटि हटाउन माग गर्दै भवन निर्माण कम्पनि बङलामुखी बैजनाथ जेभीले कार्तिक २४ गतेदेखि निर्माण कार्य स्थगित गरेको हो । निर्माण कम्पनीले डिपिआरमा उल्लेख गरिए अनुसारको विमहरुले भवनलाई धान्न नसक्ने र डिपिआरमा प्राविधिक त्रुटी रहेको भनेर निर्माणकार्य स्थगित गरेको गाउपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताउनुभयो । ‘डिपिआरमा उल्लेख गरीएको अनुसारका विमहरुले दुईतले भवनलाई धान्न नसक्ने भनेर निर्माण कम्पनीले हामीलाई गुनासो गरेको छ,‘ गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो, ‘भवनको विमहरु मोटो राख्नुपर्ने तर पातलो राखेकोले भवनको दिर्घकालिन स्थायित्वका लागि पनि डिपिआर भएको त्रुटी नै सच्याउन निर्माण कम्पनिले सुझावसहित आग्रह गरेको छ । हामीले त्यो गुनासो डिपिआर निर्माण कम्पनीलाई भनेका छौ, त्यसको प्रतिक्रिया आएको छैन । प्रतिक्रिया आउनेवित्तिकै निर्णय लिन्छौ ।’

 

निर्माण कम्पनिले कार्तिक २५ गतेदेखि निर्माण कार्य स्थगित गरेको छ । निर्माणाधीन भवनको बिमको मोटाइ पातलो रहेकाले दुई तल्लाको संरचना भार धान्न नसक्ने जोखिम रहेको भन्दै कन्सल्टेन्सीले तयार पारेको डिजाइनले भवनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन नसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ । वीमको मोटाई २ फिट हुनुपर्नेमा १।८ रहेको छ, भने चौडाई १।२ फिट हुनुपर्नेमा १ फिट मात्र रहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल कुँवरले बताउनु भएको छ ।

निर्माण कम्पनीलाई दिईएको डिपिआरमा विमको मोटाई कम देखिएकोले निर्माण कार्य रोकिएको गाउपालिकाको तर्फबाट साईडहेर्ने सव ईन्जिनियर पदम विष्टले बताउनु भयो । ‘निर्माण कम्पनीलाई दिएको डिपिआरमा विमहरु पातलो राखिएको छ,’ सव ईन्जिनियर विष्टले भन्नुभयो ‘अव वास्तविकतामै विमको मोटाई कम राखिएको हो कि निर्माणकम्पनीलाई दिईएको डिपिआरमा मात्रै कम हो, एकिन गरेर निर्माण कार्य अगाडि बढाउन ताकेता गछौ ।’

 

डिपिआर निर्माण कम्पनिसंग भएको डिपिआरको आधारमा निर्माण कम्पनीमा निर्माण गर्न निर्देशन दिने पालिकाका साईड हेर्ने सवईन्जिनियर बिष्टले बताउनुभयो । ‘डिपिआरमै गल्ती हो भने डिपिआर सच्याएर दिन्छौ, त्यसलाई स्विकृती गराएर काम गराउनुप¥यो,’ उहाँले भन्नुभयो ‘डिपिआरमा गल्ती छैन भने पहिले जे छ त्यहि अनुसार काम गर्न लगाउछौ ।’

निर्माणाधिन भवनको २० प्रतिशत मात्रै कार्य प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । गाउँपालिकाले २०७९ मङ्सिर ६ गते बङलामुखी बैजनाथ जेभी धनगढी कैलालीसँग रु। १६ करोड ५१ लाख ६२ हजार ५ सय २२ रुपयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काको म्याद सकिएर कार्तिकमहिनामै दुई बर्षका लािग म्याद थपिएको छ । पहिले पनि बजेट अभावका कारण निर्माण कार्य एक बर्षजति रोकिएको थियो । उहाँका अनुसार डिपिआर एम एच इन्जिनियरिङ कन्सल्टिङ एण्ड कन्स्ट्रक्सन प्रा।लि।ले तयार पारेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज