Advertisement

दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाको टोल, बस्तीमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । उक्त छलफल तथा अन्तरक्रियामा लैगिंक हिंसा कस्ता हुन्छन्, महिला हिंसा बढ्नुको कारणहरु र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएबमोजिम दोधारा चाँदनी नगरपालिका कार्यालयले गरेको निर्णय अनुसार लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन सन्देशमुलक मोटरसाईकल र्‍याली र १६ दिने लैगिंक हिंसा बिरुद्धको अभियानको दिनहरुमा नगर क्षेत्रको वडाको, टोल बस्तीहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित वडाको टोल बस्तीमा संचालन भएको लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रियामा स्थानियबासीहरुको उत्साहजनक उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । मुलुकमा संघियता लागु भए संगै महिला नेतृत्वमा पनि उल्लेखिए वृद्धि भएको उनको भनाई छ् । महिला हिंसा हुन नदिन वडा तह सम्म महिला शसक्तिकरणको अभियान सरकारले संचालन गरेको वताउनुभयो ।

लैंगिक हिंसा न्युनीकरणका लागि नितिगत तह देखि कार्यान्वयन तह सम्मका सरोकारवाला निकाय, स्वयम् हिंसा पीडित वर्ग, नागरिक समाज, समाजसेवी एकजुट भएर लाग्नुपर्ने वडाध्यक्ष पदम रावलले बतनाउनुभयो । हिंसा बढ्नुको प्रमुख कारण गरिबी, चेतनाको अभाव, शासन पद्वतिमा भएका कमजोरी भएका कारण हिंसामा घटना बढ्ने गरेको पाइएको कार्यक्रममा बताईएको छ् ।

बलियाले कमजोरलाई हिंसा गर्ने गरेको बताउदै गरिबीको चपेटाबाट नागरिकको जिवनस्तर उकास्न स्थानिय सरकारले बिषेश योजना अघि सार्नुपर्ने तथा सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाले सचेतना जगाउने र नियमनकारी ठाँउमा बसेकाले कानून कार्यान्वयनमा ईमान्दारिता देखाए हिंसा न्युनिकरण हुने बक्ताहरुले धारणा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Zz

Dhsbxnz

धा
डा दीपक प्रकाश भट्टले गरेका चुनावि प्रतिबद्धता पुरा हुदै

डा दीपक प्रकाश भट्टले गरेका चुनावि प्रतिबद्धता पुरा हुदै

महेन्द्रनगर – प्रतिनिधि सभा निर्वाचन २०७४मा नेकपा(एमाले) निर्वाचन क्षेत्र नं. ३ बाट डा दीपक प्रकाश भट्ट उमेदवार बने । उनले पहिलो प...
नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

महेन्द्रनगर - शन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका नेकपाले अघि सारेका तीनै उम्मेदवार समावेसी रहेका...
जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा

जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा

महेन्द्रनगर - देशै भरी प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लमा पनि चुनावि सर...
गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारीलाई मुद्धा लगाईदै, रुख काट्न लगाउने जनप्रतिनिधिलाई उन्मुक्ति दिईदै

गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारीलाई मुद्धा लगाईदै, रुख काट्न लगाउने जनप्रतिनिधिलाई उन्मुक्ति दिईदै

महेन्द्रनगर – कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन फँडानी प्रकरणमा सामुदायीक बनका पदाधीकारी र सदस्यहरुलाई मुद्ध...
जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

महेन्द्रनगर–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर महेन्द्रनगरमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन ग...
एमाले उमेदवार डा दिपक भट्ट को हुन ?

एमाले उमेदवार डा दिपक भट्ट को हुन ?

एमालेबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यको टिकट पाएका डा दिपक प्रकाश भट्टको २०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाही...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज