दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ बस्ने वर्ष अन्ताजी ३४ का याम बहादुर सुनारको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको र सोही वडा निवासी वर्ष अन्ताजी ३७ का जगदिश सुनार र वर्ष अन्ताजी ३० का बिक्की सुनार घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् ।
घाईते जगदिश सुनार र बिक्की सुनारको उपचार भईरहेको प्रहरीले जनाएको छ् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
रुखमा ओत लाग्ने क्रममा उनीहरुलाई चट्याङ लागेको बताईएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।