Advertisement

बृक्षरोपण गरि मनाईयो दोधारा चाँदनीमा विपी जन्म जयन्ती

Advertisement

दोधारा । नेपाली कांग्रेस दोधारा चाँदनीले विपी कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण गरि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विशेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको छ् । नेपाली कांग्रेसको विपी स्मृती भवन दोधारा चाँदनीमा एक कार्यक्रमको बिच बृक्षरोपण गरि विपी कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ् । जननायक विपी कोइरालाको तस्बिरमा अविर माला गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ् । विपीको विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

विपीको बिचार र नेपाली राजनीतिमा पुर्‍याएको अतुलनीय योगदान वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । प्रजातन्त्रको स्थापना, राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै लोकतन्त्र/गणतन्त्रको रक्षाका लागि कटिबद्ध भएर लाग्नुपर्नेमा नगर सभापती राजेन्द्र मल्लले जोड दिएका छन् ।

नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले बिपीले दिएको बिचार र सिद्धान्त नेपाली कांग्रेसको मार्गदर्शन भएको बताउनुभयो । नेपालमा प्रजातन्त्रको स्थापना, जहानियाँ राणा शासनको अन्त्यका लागि बिपीको योगदान महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो ।

लोकतन्त्र, समाजवाद र प्रजातन्त्रको स्थापनाका लागि बिपि कोईरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले उच्च सम्मान व्यक्त गर्नुभएको छ् । कार्यक्रममा विपी स्मृती भवन हातामा बिभिन्न जातका बिरुवा रोपिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज