Advertisement

बृक्षरोपण गरि मनाईयो दोधारा चाँदनीमा विपी जन्म जयन्ती

दोधारा । नेपाली कांग्रेस दोधारा चाँदनीले विपी कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण गरि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विशेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको छ् । नेपाली कांग्रेसको विपी स्मृती भवन दोधारा चाँदनीमा एक कार्यक्रमको बिच बृक्षरोपण गरि विपी कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ् । जननायक विपी कोइरालाको तस्बिरमा अविर माला गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ् । विपीको विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

विपीको बिचार र नेपाली राजनीतिमा पुर्‍याएको अतुलनीय योगदान वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । प्रजातन्त्रको स्थापना, राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै लोकतन्त्र/गणतन्त्रको रक्षाका लागि कटिबद्ध भएर लाग्नुपर्नेमा नगर सभापती राजेन्द्र मल्लले जोड दिएका छन् ।

नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले बिपीले दिएको बिचार र सिद्धान्त नेपाली कांग्रेसको मार्गदर्शन भएको बताउनुभयो । नेपालमा प्रजातन्त्रको स्थापना, जहानियाँ राणा शासनको अन्त्यका लागि बिपीको योगदान महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो ।

लोकतन्त्र, समाजवाद र प्रजातन्त्रको स्थापनाका लागि बिपि कोईरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले उच्च सम्मान व्यक्त गर्नुभएको छ् । कार्यक्रममा विपी स्मृती भवन हातामा बिभिन्न जातका बिरुवा रोपिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज