Advertisement

दोधारा चाँदनीमा २ सय ७ बाढीपिडित घरपरिवारलाई पेशवानले दियो खाद्य सामग्री

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको छ्् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्य र पेशवान नामक गैरसरकारी संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका २ सय ७ जना बाढी प्रभावित भएकाहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको छ् । गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षा संगै जगबुडा नदीले प्रभावित बनाएकाहरुलाई दोधारा चाँदनी नगरपालिकाको सहकार्य र पेशवान र सेभ द चिल्ड्रेनको सहयोगमा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले जानकारी दिनुभएको छ् । बाढीपिडितहरुलाई चामल, दाल, खाने तेल, नुन, झुल, हाईजेनिक किट लगाएत सामग्री सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले बताउनु भएको छ् ।

वर्षा संगै आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित भएको हुदा पालिका संगको समन्वयमा सेव द चिल्ड्रेन र पेशवानको सहयोगमा बाढीपिडितहरुलाई खाद्य सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले स्थानिय सरकार संग समन्वय र सहकार्य गरि पेशवन संस्थाले बाढीबाट प्रभावित बनेकाहरुलाई राहत उपलब्ध गराएको भन्दै पेशवन संस्था र सेभ द चिल्ड्रेनलाई बिशेष धन्यबाद दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ संस्था तथा सरोकारवालाहरुलाई अनुरोध गर्दै आएको बताउदै नगरप्रमुख लिम्बुले ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै बाढीले पिडामा रहेकाहरुलाई मलहम लगाउने प्रयास भईरहेको बताउनुभएको छ् । पहिलो चरणमा १ सय ७ जना बाढी पिडितहरुलाई राहत दिने र बाँकी रहेका १ सय जनालाई २/४ दिन भित्रै राहत उपलब्ध गराउने पेशवानले जनाएको छ् ।

राहत पाएपछि बाढी प्रभावितहरुले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा संस्थाको सहयोगले ठुलो राहत हुने बताएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निजामति  सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

निजामति सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

– महादेव जोशी, राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासकिय सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतु...
स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर -  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ...
आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

महेन्द्रनगर–सरकारले आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ का...
कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सा...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक ब...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरक...
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज