Advertisement

दोधारा चाँदनीमा २ सय ७ बाढीपिडित घरपरिवारलाई पेशवानले दियो खाद्य सामग्री

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको छ्् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्य र पेशवान नामक गैरसरकारी संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका २ सय ७ जना बाढी प्रभावित भएकाहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको छ् । गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षा संगै जगबुडा नदीले प्रभावित बनाएकाहरुलाई दोधारा चाँदनी नगरपालिकाको सहकार्य र पेशवान र सेभ द चिल्ड्रेनको सहयोगमा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले जानकारी दिनुभएको छ् । बाढीपिडितहरुलाई चामल, दाल, खाने तेल, नुन, झुल, हाईजेनिक किट लगाएत सामग्री सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले बताउनु भएको छ् ।

वर्षा संगै आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित भएको हुदा पालिका संगको समन्वयमा सेव द चिल्ड्रेन र पेशवानको सहयोगमा बाढीपिडितहरुलाई खाद्य सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले स्थानिय सरकार संग समन्वय र सहकार्य गरि पेशवन संस्थाले बाढीबाट प्रभावित बनेकाहरुलाई राहत उपलब्ध गराएको भन्दै पेशवन संस्था र सेभ द चिल्ड्रेनलाई बिशेष धन्यबाद दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ संस्था तथा सरोकारवालाहरुलाई अनुरोध गर्दै आएको बताउदै नगरप्रमुख लिम्बुले ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै बाढीले पिडामा रहेकाहरुलाई मलहम लगाउने प्रयास भईरहेको बताउनुभएको छ् । पहिलो चरणमा १ सय ७ जना बाढी पिडितहरुलाई राहत दिने र बाँकी रहेका १ सय जनालाई २/४ दिन भित्रै राहत उपलब्ध गराउने पेशवानले जनाएको छ् ।

राहत पाएपछि बाढी प्रभावितहरुले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा संस्थाको सहयोगले ठुलो राहत हुने बताएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज