काठमाडौं : गाउँ नगर घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔं भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रामेछाप काठमाडौ सुनापति हिलेदेवी वडा नं. ३ सम्पर्क समन्वय समितिको आयोजनामा हुन् गइरहेको प्रथम विस्तारित बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम भोलि हुने भएको छ ।
हिलेदेवीबाट काठमाडौ उपत्यकामा विभिन्न पेश गरी बसोबास गर्ने सम्पूर्णलाई लक्षित गर्दै भोलि शनिबार दिउँसो १ः०० बजे आर. बी. क्याट्रिङ्ग होम, मित्रपार्क, चाबहिलमा हुने प्रशिक्षण कार्यक्रममा शुभचिन्तक एवं जन समुदायहरुमा उपस्थितिको लागि अपिल गरेका छन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य टंकलाल घिसिङ (टलक)ले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।