Advertisement

पत्रकार कुँवर ५ हजार धरौटी बुझाएर थुनामुक्त

महेन्द्रनगर –पत्रकार ऐश्वर्या कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाडेको छ । प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले ५ हजार रुपया धरौटीमा छोड्न आदेश दिएपछि पत्रकार कुवर सोमबार धरौटीमा छुटेकी हुन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कुँवर धरौटी बुझाएर छुुटेको जानकारी दिए ।

प्रजिअको आदेशपछि प्रहरीले उनलाई थुनामुुक्त गरेको हो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि भन्दै थप ३ दिन हिरासतमा राख्न माग गरेता पनि अदालतले अनुमति दिएन ।
प्रहरीले कुँवरलाई आठ दिन हिरासतमा राखेर अनुुसन्धान गरेको थियो । पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन म्याद थप गरेका थियो ।

भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा रिर्पोटिङ गर्न पुगेकी कुँवरले माहोल विग्रिएपछि आक्रोसित हुदै हातपात गरेकी थिइन् ।

आपसी भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सार्वजनिक भिडियोमा प्रष्ट देखिएको छ । उक्त भिडियोमा पत्रकार ऐश्वर्याले लामोसमय सम्म क्यामेरामा बोली दिन आग्रह गरेको देखिन्छ । सोही क्रममा वडा अध्यक्ष जोर जोरले बोल्दै पत्रकार कुवरलाई फिरौती माग्ने आरोप लगाएका छन् । फिरौती माग्ने पत्रकार भनेपछि कुवरले आक्रोसमा आएर वडा अध्यक्ष देवकोटालाई मुक्ता प्रहार गरेकि छन् । उक्त घट्ना पछि पत्रकार कुवरलाईलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । भने उनको सर्वत्र आलोचना गरीएको छ ।
उनीविरुद्ध वडा अध्यक्ष देवकोटाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारको मुद्धा दायर गरेका थिए । धरौटीमा छुटेकी पत्रकार ऐश्वर्यालाई साउन १४ गतेको तारिख दिईएको छ । धरौटीमा रिहा भएकी उनले कमिकमजोरी भएको स्विकार गर्दै आफुमाथि पनि अन्याय भएको दावि गरेकी छन् । उनले समाजका लागि लडिरहने पनि बताईन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज