Advertisement

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

महेन्द्रनगर – भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेशनल पब्लिक स्कुल भिड्ने भएका छन् ।

होली फेमली स्कुलको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा आयोजक होली फेमली स्कुललाई ८ विकेटले हराउँदै मर्निङ्ग ग्लोरी र शान्ति निकेतन माविलाई १११ रन अन्तरले पराजित गरी इन्टरनेशनल पब्लिकले फाइनल यात्रा तय गरेका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा यस जितेर ब्याटिङ गरेको होली फेमिली ले अल आउट हुदै ४२ रनको झिनो लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ्गमा मर्निङ्ग ग्लोरीले १२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । मर्निङ्ग ग्लोरीका निशान्त भट्ट मेन अफ दि म्याच भए ।

दिउँसो सम्पन्न भएको दोस्रो सेमिफाइन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको इन्टरनेशनले पूरै २० ओभर खेलेर १७३ रन बनाएको थियो ।
१ सय ७४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको शान्ति निकेतन ६२ रन बनाउँदा सबै विकेट गुमाएर अल आउट हुन पुग्यो । ६ विकेट लिएका इन्टरनेशनका प्रिन्स भण्डारी मेन अफ दि म्याच भए ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिको सह प्रायोजनमा गरेको प्रतियोगितामा १८ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र उप विजेताले नगद ३१ हजार १ सय ११ पुरस्कार सहित ट्रफी पाउने छन् ।
यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता शनिबार समापन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए । फाइनल खेलमा शनिबार २ः३० बजे हुने बताइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेश...
रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज