Advertisement

राना थारु संस्कृति र विद्यार्थीको सिर्जनशीलता झल्कियो वेस्टर्न पब्लिक एकेडेमीको फुडफेष्टमा

महेन्द्रनगर – जिउडाल चिटिक्क मिलेको, चौधरी पोशाकमा सजिएकी एक किशोरी ‘ढीग्री खाने हो?’ भन्दै आगन्तुकलाई सोधिरहेकी थिइन्। थारु समुदायको लोकप्रिय परिकार ढीग्री चाख्न आग्रह गर्ने ती किशोरी भीमदत्त नगरपालिका–४ भागतपुरकी पुष्पा गुरुङ हुन्।


कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत पुष्पालाई पहिलो नजरमा धेरैले थारु समुदायकी ठान्न सक्छन्। तर उनी गुरुङ समुदायकी हुन्।

मंगलबार वेस्टर्न पब्लिक एकेडेमी महेन्द्रनगरले आयोजना गरेको फेष्ट–२०८२ मा स्वागत गेटबाट छ नम्बर स्टलमा चौधरी पोशाकमा सजिएका विद्यार्थीहरूको समूहले सबैको ध्यान तानेको थियो। त्यही समूहमा पुष्पा पनि थिइन्।
पुष्पासँगै उनकी साथी आशिका चौधरी, कक्षा ९ मा अध्ययनरत आकाश चौधरीलगायत विद्यार्थीहरूले राना थारु संस्कृति, परिकार र रहनसहनको प्रचारप्रसार गर्ने उद्देश्यले राना थारु स्टल राखेका थिए।

फुडफेष्टको अवसरलाई सदुपयोग गर्दै राना थारु संस्कृतिको प्रचार गर्न स्टल राखिएको पुष्पा गुरुङले बताइन्।
उनले भनिन्, “राना थारु संस्कृतिको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सामग्री प्रदर्शनमा राखेका छौं। राना थारु समुदायले खाने परिकारदेखि चाडपर्वमा प्रयोग हुने सामग्री पनि राखेका छौं। यसबाट अन्यलाई पनि राना थारु संस्कृतिबारे जानकारी हुन्छ।”
त्यस्तै फेष्टमा नवौं स्टलमा कक्षा ७ मा अध्ययनरत हिमांशु जोशी र उनका साथीहरू शेखर नेगी, मोहन जोशी, सुबोध फराल, कृष्ण भट्ट, आशि डगौरा र आदित्य ऐरीले बगैंचाको नमुना भित्र इलेक्ट्रोनिक कार बनाएर प्रदर्शन गरेका थिए।
युट्युब हेरेर तयार गरिएको उक्त कार बनाउन ब्याट्री, मोटर, तार, स्विच र कलर जस्ता सामग्री प्रयोग गरिएको हिमांशुले बताए।

उनले भने, “युट्युब हेरेर बनाएको यो कार बनाउन दुई सय रुपैयाँभन्दा बढी खर्च भएको छ।”
विद्यार्थीहरूले कारसँगै त्यही स्थानमा मिनी चिडियाखानाको नमुना पनि बनाएका थिए।

कार्यक्रममा पहाडी समुदायको संस्कृति झल्किने स्टल समेत राखिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो । उक्त फेष्टमा विद्यार्थीहरुले आफैले बनाएका परिकार राखिएका स्टल, अन्य कला संस्कृति र विज्ञानका आविष्कारसम्बन्धी सामाग्री राखिएका थिए ।

कार्यक्रममा विभिन्न कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका छन् ।

विद्यालयका प्रिन्सिपल बिर्ख बहादुर कलौनीका अनुसार बालबालिकालाई संस्कृति, कला तथा आइटी क्षेत्रबारे जानकारी दिने र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले फेष्ट आयोजना गरिएको हो।

उनले भने, “फेष्टमा विभिन्न विधाका १६ वटा स्टल राखिएका छन्।”

फेष्ट को अभिभाबक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

आगामी शैक्षिक शात्रबाट ०८३ देखि स्पोर्ट्स साइन्सको पढाइ हुने विद्यालयका संचालक बिर्ख बहादुर मल्लले बताए ।  संचालक मल्लले अहिले साधारणका साथै प्राविधिक धार तर्फ होटल म्यानेजमेन्टका कक्षा संचालन भईरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज