Advertisement

डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

महेन्द्रनगर – २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा। दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै संघीय संसदमा निर्वाचित भएपछि डा. भट्टको पहलमा महाकाली अस्पतालमा पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक थप तथा सेवामा सुधार भयो । तर, शिक्षण अस्पतालको योजना भने कार्यान्वयनमा आउन सकेन ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवार बनेका भट्टले यसपटक महाकाली अस्पताललाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । कैलालीको गेटामा अस्पतालका लागि संरचना निर्माण भएपछि त्यसलाई मेडिकल कलेज वा प्रतिष्ठान कुन रूपमा अघि बढाउने भन्ने बहस सुरु भएको थियो ।
त्यही सन्दर्भमा तत्कालीन सांसद भट्टले देशकै दीर्घकालीन स्वास्थ्य सेवाको रूपान्तरणका लागि चिकित्सा विश्वविद्यालय आवश्यक रहेको अवधारणा अघि सारे । उनले सुदूरपश्चिमका सांसदहरूलाई एकमत गराउँदै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्न माग गरे । नीतिगत प्रक्रिया सुस्त बनेपछि उनले संसदको शून्य समयमा डोटेली भाषामै देशकै पहिलो चिकित्सा विश्वविद्यालय गेटामै स्थापना गर्नुपर्ने माग राख्दै आवाज उठाए । उक्त अभिव्यक्ति व्यापक चर्चाको विषय बनेको थियो । त्यससँगै स्थानीय संघर्ष समिति, नागरिक समाज र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सडक र सदन दुवैबाट दबाब सिर्जना गरियो ।
सरकारले सुरुमा गेटामा मेडिकल कलेज स्थापना गर्ने तयारी गरे पनि स्थानीयवासीले विश्वविद्यालयकै माग राख्दै आन्दोलन चर्काए । उनले सांसदको कार्यकाल सकिएपछि पनि चिकित्सा विश्वविद्यालय स्थापनाको अभियान रोकेन । २०८० साल अशोज नौ गते पुर्व सांसदको रुपमा तत्कालिन संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतीलाई चिकित्सा विश्वविद्यालय स्थापनाका लागि माग गरे । निरन्तर दबाबपछि २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालय स्थापना गर्ने निर्णय ग¥यो । त्यसैअनुसार कानुनी प्रक्रिया अघि बढ्दै कांग्रेस–एमाले गठबन्धन तथा केपी शर्मा ओली नेतृत्वको सरकारले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेपछि विश्वविद्यालय स्थापनाको बाटो औपचारिक रूपमा खुल्यो ।
यसै क्रममा स्थापना भएको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सुदूरपश्चिममा स्थापीत भयो ।
चुनावी सरगर्मी बढेसँगै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि डा। भट्टले गरेको नेतृत्वदायी भुमिकाको पनि चर्चा हुन थालेको छ ।
आईतबार महेन्द्रनगरको मदन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै डा। भट्टले भने, “देशभर १९ मेडिकल कलेज, आठ चिकित्सा विज्ञान प्रतिष्ठान र १५० भन्दा बढी नन–क्लिनिकल कोर्स पढाउने संस्थान सञ्चालन हुँदा सुदूरपश्चिम शून्य अवस्थामा थियो । त्यसैले सरकारसँग भीकमा मेडिकल कलेज होइन, देशकै पहिलो चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर संसदमा आवाज उठाएँ ।”
विगतको एजेण्डालाई स्मरण गदैँ उनले महाकाली अस्पताललाई मात्रै नभई देशभरका अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थानपना गरिएको स्पष्ट पारे ।
उनले सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई केन्द्र सरकारमार्फत विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा विकास गर्न पहल गर्ने बताएका छन् ।
विश्वविद्यालयका पदाधिकारी नियुक्त भइसकेकाले अब आंगिक मेडिकल कलेज सञ्चालन गरी ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी, ब्याचलर इन फिजियोथेरापीजस्ता कार्यक्रम सुनिश्चित गरिनुपर्ने उनको भनाइ छ ।
गेटामा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आए आफ्नै प्रदेशमै एमबीबीएससहितको चिकित्सा शिक्षा अध्ययन गर्ने सुदूरपश्चिमवासीको दीर्घकालीन सपना पूरा हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज