Advertisement

गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारीलाई मुद्धा लगाईदै, रुख काट्न लगाउने जनप्रतिनिधिलाई उन्मुक्ति दिईदै

महेन्द्रनगर – कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन फँडानी प्रकरणमा सामुदायीक बनका पदाधीकारी र सदस्यहरुलाई मुद्धा लगाउने तयारी गरीएको छ । डिभिजन बन कार्यालय कञ्चनपुरले सव डिभिजन वन कार्यालय बाणिका कार्यालय प्रमुख भरत शाहको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले अध्ययन गरेको आधारमा सामुदायिक बनका पदाधिकारीसहित सदस्यहरुमाथि नै मुद्धा दायरको तयारी गरीएको हो । फडानी प्रकरणमा कृष्णपुरका जनप्रतिनिधि पनि जोडिएको आरोप लाग्दै आएको छ । तर फडानी गर्न लगाउने जनप्रतिनिधिलाई उन्मुक्ति दिन खोजिएको स्थानीयको दावि छ । उनीहरुले नाम नखोल्ने सर्तमा गलत प्रतिवेदन तयार गरी निर्दोष सर्वसाधारण लाई फन्दामा पारी रुख काटाउनेलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् । अनुसन्धान फाइल फागुन ४ गते जिल्ला सरकारी वकिल कार्यालयमाा बुझाएको सव डिभिजन वन कार्यालय बाणिका प्रमुख भरत शाहले बताए । उनीका विरुद्ध मुद्धा दर्ताको तयारी थालिको प्रतिबेदनका बाकि कुरा बाहिर खोल्न नहुने भन्दै फोन काटेका छन् । उनी लामो समयदेखि एउटै कार्यालयमा बसेर काम गर्दै आएका अधिकृत हुन् । यसलेपनि उनले गरेको अनुन्धानमा स्थानीयको आशंका भएको हुनसक्छ ।

मंसिर दोस्रो साता बस्तीको बीचमा रहेको करिब १० हेक्टर क्षेत्रफलको सामुदायिक वन डेढ घण्टामै सखाप पारिएको थियो। सिसौ र खयरका रुखले भरिएको वन क्षेत्र अहिले उजाड बनेको छ। अनुसन्धानअनुसार मंसिर ११ गते दिउँसो १ सय ६४ रुख काटिएका थिए।

वन कार्यालयका अनुसार १६ देखि ८४ इन्च मोटाइसम्मका १ सय ३५ खयर, २४ देखि ६४ इन्च मोटाइका २८ सिसौ र १ कञ्जु गरी १ सय ६४ रुख कटान गरिएको पाइएको छ। कटानमध्ये ६१ गोलिया खयर ९१०१।५५ क्युफिट० र ४१ गोलिया सिसौ ९८१।०३ क्युफिट० काठ बरामद गरिएको छ।

वन फँडानीमा संलग्न रहेको आरोपमा १४ लाख ४० हजार ३ सय रुपैयाँ विगो दाबी गरिएको छ। साथै वन ऐनअनुसार विगोको दोब्बर जरिवाना र जनही दुई वर्ष कैद सजायको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज