Advertisement

न्यू सरस्वती विद्या मन्दिरको फुड फेष्टिबल : थरीथरीका खानेकुराका परिकार

महेन्द्रनगर– न्यू सरस्वती विद्या मन्दिरको प्राङगणमा दायातर्फ विद्यार्थीहरुको भिडभाड देखिन्थ्यो । बुधबार दिउसोको समयमा देखिएको उक्त भिडमा टाउकोमा कुक र वेईटरको ड्रेस, क्याप भिरेर कोही समोसा बनाउदै थिए त कोही सेलरोटी बनाउदै । हातमा सेतो ग्लोब्स लगाएका विद्यार्थी मध्ये कोही कपमा जुस हाल्दै थिए भने कोही गाजरको हलुवा बाड्दै थिए भने कोही पैसा एक्सचेन्ज गरीरहेको थिए । कोही कोही त अझ भट्ट हेर्दाखेरी फाईभ स्टार होटेलका कुक जस्तै देखिन्थे । उसै भिडको भित्रपट्टि मिठो मानि मानि विभिन्न परिकार खाईरहेका किशोर किशोरीसंगै अधबैसे महिला पुरुष पनि । यस्तै प्रकारको दृष्य चार ठाँउमा थियो ।

 

सुरुमा उक्त दृष्यदेख्नेलाई त मेला जस्तै लाग्न सक्छ । उक्त दृष्य मेलाको जस्तै देखिएता पनि मेलाको भने होईन । तर उक्त दृष्य विद्यालयको २३औ बार्षिकोत्सवको पूर्वसन्ध्यामा गरीएको फुडफेष्ट एण्ड कल्चरल कार्यक्रमको हो ।

 

विद्यार्थीलाई अध्ययनसंगै व्यवहारीक ज्ञान सिकाउने उदेश्यका साथ फुड फेष्टिबल कार्यक्रम आयोजना गरीएको प्रिन्सिपल अमराज भट्टले बताए । विद्यार्थीहरुलाई हिमालहरुका नामबाट चार सदनमा विभाजन गरेर फुड फेष्ट कार्यक्रम गरीएको उनले बताए । ‘लर्निङ्ग वाई डुईङ्ग नीति अनुरुप विद्यार्थीलाई सुदूरका मौलिक खाने परिकार उत्पादन बिक्रि वितरण गर्ने कलाको अभ्यास गराईएको छ,’ उनले भने ‘हिमालहरुका नाम अपि, खप्तड, कञ्चनजंगा, सगरमाथा गरी चार हाउसहरुमा विभाजन गरी खाने परिकार उत्पादन बिक्रि वितरण गर्न सिकाईएको हो ।’

व्यवसाय गरी फाइदा भएको रकमबाट विद्यार्थीहरुले आफुलाई आवश्यक पर्ने शैक्षिक सामाग्रि खरिद गर्न सहयोग पुग्ने प्रिन्सिपल भट्टले बताए । ‘ ‘हामीले विद्यार्थीलाई स्रोत जुर्टादियौँ, ‘प्रिन्सिपल भट्टले भने, ‘विद्यार्थी आफैले स्रोत उपभोग गर्दै बस्तु उत्पादन गरेर बिक्रि वितरण गरेका छन, बिक्रि बाफतको रकम विद्यार्थीले आफ्नो शैक्षिक समाग्री खरिद गर्छन ।’ प्रिन्सिपल भट्टले विद्यालयले विद्यार्थीको अन्तर क्षमतालाई व्यवसायिक जिवनमा प्रयोगका लागि विगत ६/७ बर्षदेखि कार्यक्रम गर्दै आएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीनपा १२का वडाध्यक्ष भुपेन्द्र रावलले विद्यालयले गरेको प्रयास सरानिय भएको बताए ।

 

कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरणका साथै सुदूरको मौलिक लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक केशव पन्तले गरेका छन् ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज