नयाँ खबर
झापा – झापा क्षेत्र नं. ५ मा पर्ने गौरादह नगरपालिकाको पश्चिमी क्षेत्रका बासिन्दाले मोरङ्सँगको सम्पर्क सहज बनाउन झोलुङ्गे पुलको संख्या थप गरि दिन पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । स्थानीयबासी एवम् मतदाताहरुसँगको भेटका लागि मंगलबार त्यस क्षेत्रमा पुग्नु भएका ओलीलाई उनीहरुले विद्युत, सडक लगायतका पूर्वाधारको सुविधा उल्लेखनीय रुपमा भएको भन्दै ‘पारी’ (मोरङ्) जोड्ने ठाउँ ठाउँमा झोलुङ्गे पुल हालि दिन माग गरेका हुन् ।
यस्तै झापा र मोरङ्का बासिन्दालाई समेत लाभ पुग्ने गरि सो स्थानमा अस्पताल सञ्चालनका लागि समेृत उनीहरुको माग छ । ‘अब यहाँ अरुले गर्लान् भन्ने केहि आशा छैन, चाहिए जति पुर्याई दिने तपाईनै भएकाले हामीले यि माग राखेका हौं’–अध्यक्ष ओलीलाई भेट्न आएका स्थानीयले बताए ।
ओलीले मंगलबार गौरादहका बालुबथान, दामुना, चप्रामारी लगायतका क्षेत्रका बासिन्दाहरुसँग भेट गर्नु भएको छ । २०४८ साल यता अध्यक्ष ओली यहि क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।