Advertisement

एनप्याब्सन सुदूरपश्चिमको अध्यक्षमा विविसि

महेन्द्रनगर–निजी विद्यालयहरुको संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बीर बहादुर चन्द(बिबिसी) चयन भएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न एनप्याब्सन सुदूरपश्चिम प्रदेशको भेलाले चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरीएको हो ।

निर्वाचन समिति संयोजक अधिवक्ता प्रकाश बहादुर पाण्डेयले प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा रवि आचार्य र खेमराज भट्ट, सचिवमा युवराज बम, कोषाध्यक्षमा कमला थापा, सहसचिवमा खगेश्वरी बोगटी, सहकोषाध्यक्षमा पुष्करराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बलदेव भट्ट, कलाधर चपागाईं, मनीकुमार चौधरी, नृप बहादुर ठकुल्ला, दुर्गा चन्द र खेमा ढकाल सर्वसम्मत चयन भएका छन् ।

 

 

एनप्याब्सन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका बीर बहादुर चन्द(बिबिसी)ले प्रदेशका एनप्याब्सनकर्मीलाई एकताबद्ध गर्दै शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द लगायतले धारणा राख्दै निजि विद्यालयहरु जतिबेला पनि कोल्याप्स गर्ने षडयन्त्र भईरहेकोले एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज