Advertisement

कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्धा घटे

Advertisement

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा लागु औषधसम्बन्धी मुद्धा घटेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको एक प्रतिवेदनमा लागु औषधका मुद्धा घटेको देखाएको हो । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्षमा लागु औषधसम्धी दुई सय ६५ जना विरुद्ध एक सय ७७ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख एव एसपि खड्क बहादुर खत्रीले जानकारी दिए । २०८०/८१मा २ सय ८७ जनाविरुद्ध १ सय ८१ मुद्धा लागुऔषधका दर्ता भएका थिए । भने २०७९/०८० मा २ सय ९३ जना विरुद्ध १ सय ५ मुद्धा लागुऔषधसम्बन्धीका रहेका थिए । २०८०/८१ मा भन्दा २०८१/०८२ मा लागुऔषधका ४ मुद्धा र १६ जना कम पक्राउ परेका छन् । लागुऔषधविरुद्धको मुद्धा र पक्राउ गरीएका मानिसको तथ्यांकको हिसावमा घटेको भएता पनि जिल्लामा लागुऔषध नियन्त्रण र न्यूनिकरणका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको एसपि खत्रीले बताए । तिन बर्षको अवधिमा ८ सय ४५ जना पक्राउ परेका छन् ।

त्यसैगरी आर्थिक बर्ष २०८१/०८२ मा खैरो हिरोईन ७१८ दशमलव ४४९ ग्रीाम, चरेश २६ दशमलव ८८९ किलो, चरेश एक दशमलब ४२ केजि, एम्पुल ४८८ पिस र टयाब १२२ पिस बरामद गरी नष्ट गरीएको कार्यालय प्रमुख एवं एसपी खत्रीले बताए । उनका अनुसार आर्थिक बर्ष २०८०/०८१ मा खैरो हिरोईन ३२९ दशमलव ०२ ग्रीाम, चरेश ६ दशमलव १० किलो, गाजा ७७ दशमलब २१ केजि, एम्पुल ५२० पिस बरामद गरीएको थियो भने आर्थिक बर्ष २०७९/०८० मा खैरो हिरोईन ६२४ दशमलव ०१ ग्रीाम, चरेश २८ दशमलव २३ किलो, एम्पुल ९५० पिस र टयाब ४६ पिस बरामद गरी नष्ट गरीएको थियो । तीन बर्षको अवधिमा क्रमस खैरो हिरोईन १ हजार ६७१ दशमलव ७७ ग्राम, चरेश १ सय १५ दशमलव २१९ किलो, गाजा ७८ दशमलव ६३ केजी, एम्पुल १हजार ९५८पिस र ट्याप १६८पिस प्रहरीले बरामद गरेको छ ।
लागु औषध बिरुद्ध हात धोएर लागेका एसपि खत्रीले मुद्दा चलाउने देखि लिएर जनचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गरीएको बताए । लागु औषध दुर्ब्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम २ सय ६९ गरीएको एसपि खत्रीले जानकारी दिए । जिल्लाभरीमा विभिन्न २७ वटा विधामा ८ सय ५२ वटा जनचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दावि गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज