सुनापति । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको ३ नंं. वडा कमिटी गठन भएको छ।
आज बुधबार नेकपा माओवादी केन्द्र ३ नंं. वडा संयोजक कुल बहादुर थिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको युवा नेता एवं सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो ।
अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको सचिवमा रोज लामा ह्योल्मो सर्वसम्मतिले चयन भएको बताउनुभएको छ।
कार्यक्रमका प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र ) को जिल्ला सदस्य दिपक ह्योल्मो, माओवादी केन्द्र जिल्ला सदस्य एवं सुनापति गाउँपालिका संयोजक ठुलो कान्छा तामाङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका संयोजक रोज थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।