दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग
महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्चनपुरका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आधारभूत पूर्वाधार विकासका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले श्री सत्यवादी माध्यमिक विद्यालय तथा श्री शिव ज्ञानेश्वर आधारभूत विद्यालय, महेन्द्रनगरलाई डिजिटल शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन कम्प्युटर खरिदका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सिनियर एरिया म्यानेजर सुशील बहादुर सिंह, शाखा प्रबन्धक खेमराज उपाध्याय, व्यवसाय विकास प्रबन्धक अन्जु भट्ट तथा दुवै विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरी गरिएको सहयोगका लागि एनएमबी बैंकप्रति आभार व्यक्त ग...











