गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा
महेन्द्रनगर - गन्ध नालाको पानी अवरोध हुँदा बेदकोट नगरपालिका १० सिसैया नयाँ गाउँ डुबानमा परेको छ ।
बेदकोट न. पा. १० सिसैया नयाँगाउ नहर सडक खण्ड अन्तर्गत SI 7/1 र SI 7/2 टर्सरीको बिच भाग बाट चतहरी जोड्ने सडक रहेको छ । ति दुवै टर्सरी तथा सडकको मुनि गन्धनालाको पानी निकासको लागि होम पाइप राखिएको छ ।
बर्सादमा सिसैया बजारस्थित पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रबाट बग्ने पानी सोही नालाबाट निकास हुन्छ ।
होमपाइपको ठाउँमा R.C.C. कलभर्ट निर्माण भए डुबानको समस्या समाधान हुने भएपनि त्यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले भनाइ छ । R.C.C. कलभर्ट निर्माण गरिदिन स्थानीयले वडा कार्यालय, बेदकोट नगरपालिका, महाकाली सिँचाइ व्यवस्थापन, महाकाली सिँचाइ डिभिजन कार्यालय, महाकाली सिँचाइ आयोजना ब्लक डी लालपुर लगायत निकायमा पटक पटक गुहार गर्दा पनि उनीहरूले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
यद्दपी आ...











