कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ
महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १८ कटानबाट वडा सदस्य रुपा जैरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनलाई लागु औषध ३० थान एम्फुल सहित पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर आधिकारीकरुपमा प्रहरीले वडा सदस्यलाई सार्वजनिक गरेको छैन् । वडा सदस्इ जैरुलाई लागु औषध व्यूरो महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जैरु भीमदत्त नगरपालिका वडा नं. १८को वडा सदस्यमा कांग्रेसबाट २०७९को स्थानीय तहको निर्वाचनबाट एक हजार ४ सय ५४ मत लिएर निर्वाचित भएकी थिईन् ।
कञ्चनपुर जिल्लामा लागु औषधको जालो कहाँसम्म फैलिएको छ भन्ने कुरा जननिर्वाचित प्रतिनिधि नै लागुऔषध ओसारपसारमा पक्राउ पर्दा खुलस्त हुन्छ । जनप्रतिनिधिले समाजलाई सकात्मक गति र उर्...











