स्वर्गीय विपिन जोशीको जन्म स्मृतिमा महेन्द्रनगरमा दीप प्रज्वलन
भुवन भट्ट, महेन्द्रनगर - पावर अफ युथमा आवद्ध युवाहरुले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका विपिन जोशीको २५ औं जन्म स्मृतिमा मंगलबार महेन्द्रनगरमा दीप प्रज्वलन गरेका छन् । पावर अफ युथमा आवद्ध अंकित जोशी लगायतका युवाहरुले जोशीको जन्मजयन्तीको स्मृतीमा मंगलबार साँझ महेन्द्रनगर स्थित मदन चोकमा दीप प्रज्वलन गरेका हुन् ।
लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत नेपालबाट इजरालय पुगेका जोशीको सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेर मृत्यु भएको थियो । युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो । गत कार्तिक ३ गते नेपाली सेनाको टोलीले सम्मानका साथ परिवारलाई शव हस्तान्तरण गरेको थियो ।
मंगलबार साँझ युवाहरुले जोशीको २५ औँ जन्मस्मृतिमा दीप प्रज्वलन गरेका हुन् ।...











