कञ्चनपुर कारागारबाट कैदीबन्दी स्थानान्तरण
महेन्द्रनगर – कञ्चनपुर कारागारबाट कैदीबन्दी स्थानान्तरण गरीएको छ । सोमबार कञ्चनपुर गारागारबाट ११ जना कैदीबन्दी नेपालगञ्ज र दाङका कारागारमा स्थानान्तरण गरीएको हो । गत शुक्रबार पोशाक भत्ताको रकमलाई लिएर कारागारमा कैदीबन्दीविच झडवको स्थीती सृजर्ना भएको थियो । कैदीबन्दी, नाइके र चौकीदारविच भएको झडपमा १३ जना घाईते भएका थिए । घाईते भएकाहरु उपचारपछि स्थानान्तरण गरीएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइते भएका सबैलाई नेपालगञ्ज र दाङ्ग पठाइएको बताए ।...











