बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
महेन्द्रनगर – स्वास्थ्य कार्यालय कञ्चनपुरको अयोजनामा भएको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । विहीबार आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न गरीएको हो ।
बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार र विहिबार गरी दुई दिन सम्म चलेको हो ।
गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरीएका र सोही प्रगति प्रतिवेदनको आधारमा उत्कृष्ठ कार्यसम्पादन गर्ने तिन ओटा कार्यालय छनौट गरी सम्मान पत्र प्रदान गरीएको छ ।
कार्य सम्पादनको आधारमा लालझाडी गाउपालिकाले जिल्लामा उत्कृष्ठ स्थान हासिल गरेको छ । द्धितिय स्थान बेलडाडी गाउपालिका, तृतिय स्थान बेदकोट नगरपालिकाले हासिल गर...











