जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ ।
जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो ।
कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...













