महालक्ष्मी बिकाश बैकका म्यानेजरसहित चार जना कर्मचारी पक्राउ, रकम अपचलनगरि अन्लाईन जुवा प्लेटफोर्म वनएक्स ब्याटमा लगानि
दार्चुला –महालक्ष्मी बिकाश बैकका चार जना कर्मचारी पक्राउ परेका छन । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका हुन् ।
ठूलो रकम अपचलन गरेको अभियोगमा बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्तलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
चारै जना कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुस...











