बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा जंगली हात्तिले गाउबस्तीमा पसेर साढे चार विगाह जमिनमा लगाएको धानबाली नष्ट गरेको छ । शुक्रबार विहान २ बजेतिर बेदकोट नगरपालिका वडा नंम्बर १० चथरीका किसानहरुले लगाएको धानवाली नष्ट गरेको हो । वडा नंम्बर १० का वडा अध्यक्ष रतन विष्टले हात्तिले धानबाली नष्ट गरेको खवर गरेपछि अस्थायी प्रहरी पोष्ट दैजीबाट ७ किलोमिटर टाढा रहेको चथरीमा प्रहरी सहायक हवल्दार दिपक नागरीको कमाण्डमा ३ जनाको प्रहरी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िडिएसपि सागर बोहराले जानकारी दिए । उनका उनका अनुसार आठ जना किसानको साढे चार विगाह धानबाली पूर्णरुपमा नष्ट गरेको छ । रमिला राना, मिना राना र लक्ष्मण डगौराको १०÷१० कट्टा जमिन, सिता देवी कठायतको ५, पुरन चुनारा, रुपया चुनारा, सुर आग्री र राम चुनाराको प्रति अढाई कट्टा जमिनमा लगाएको धानबाली नष्ट गरीएको डि...











