Advertisement

Day: ७ असार २०८२, शनिबार

एक पाउबढि खैरो हिरोईन बरामद

एक पाउबढि खैरो हिरोईन बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – नेपाल प्रहरीले एक पाउभन्दा बढि खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट शुक्रबार दुई सय ७३ ग्राम खैरो हिरोई (लागू औषध) सहित पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी र दार्चुलाको महाकाली नगरपालिका– ३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरेको हो ।   लागुऔषध बेचविखन हुने सूचनाआधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रंगेहात पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर बोहराले बताए । उनका अनुसार उनीहरुका साथबाट ५ थान सेतो प्लाष्टिकको पोका पारेको अवस्थामा लागुऔषध बरामद गरीएको हो । प्लाष्टिक सहित २७९ ग्राम २५० मिलीग्राम भएता पनि प्लास्टिक हटाएपछि २७३ ग...
महाकाली सेती यातायात व्यवसायी समिति अध्यक्षमा पुनः पन्त निर्वाचित

महाकाली सेती यातायात व्यवसायी समिति अध्यक्षमा पुनः पन्त निर्वाचित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः डम्बराज पन्त निर्वाचित भएका छन् । समितिको १७ र्औ कार्य समिति निर्वाचनमा प्रतिद्धन्द्धी नविन भट्टलाई ११ मतले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक अन्तिम मत परिणाम अनुसार पन्तले १ सय ७० ल्याएका हुन् । अध्यक्ष पन्त २०७४ मा भट्टलाई नै पराजित गरी अध्यक्ष निर्वाचित भएका थिए । समितिको उपकार कोष उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले १८४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी रमेश थापाले १ सय ४२ मत ल्याएका छन् । उपकार कोष उपाध्यक्षमा चन्द पनि दोहोरिएका हुन् ।   समितिको महासचिवमा गणेश बहादुर विष्ट निर्वाचित भएका छन् । समितिका निवर्तमान सचिव देबराज जोशीलाई २४ मत अन्तरले पराजित गरी विष्ट महासचिव भएका छन् । विष्टले १ सय ७४ र जोशीले १ सय ५० मत ल्याएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज