Advertisement

Day: १५ बैशाख २०८२, सोमबार

हरिकिसन रानाको रहस्यमय घटनाबारे सांसद तामाङद्वारा संसद्मा ध्यानाकर्षणस निष्पक्ष छानबिनको माग

हरिकिसन रानाको रहस्यमय घटनाबारे सांसद तामाङद्वारा संसद्मा ध्यानाकर्षणस निष्पक्ष छानबिनको माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित कलकत्ता क्षेत्र नजिकै निर्मल शारदा आर्यघाटमा केही दिन अघि भएको रहस्यमय र दर्दनाक घटनाले स्थानीयमा शोक र आक्रोश फैलिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेपछि घटनाले थप रहस्य पैदा गरेको हो । राना गत मंगलबार बिहानै घरबाट निस्किएर करिब ७ किलोमिटर टाढाको आर्यघाट क्षेत्र पुगेका थिए, जहाँ उनी मृतावस्थामा भेटिएका हुन् । परिवारजनले रानालाई हातखुट्टा बाँधेर जलाइएको आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरणपोषणको माग गरेका छन् । घटनाको गम्भीरता देखेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तालिम प्राप्त कुकुरको सहयोगमा समेत घटनास्थलको अनुसन्धान गरिएको थियो । बेलडाँडी-बेलौरीका स्...
कैलालीमा दुई जना प्रहरी निलम्बन

कैलालीमा दुई जना प्रहरी निलम्बन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कैलालीमा दुई जना प्रहरी निलम्बनमा परेका छन् । निलम्बन पर्नेमा प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पदम बहादुर विष्टले बताउनुभयो । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी मिना शाही दमाईलाई शनिबार म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेका बेला वकिल कार्यालयबाट हतकडीसहित भागेपछि द्धय प्रहरीलाई निलम्बनमा परेका हुन । फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज