Advertisement

Day: १९ फाल्गुन २०८१, सोमबार

सुप प्रदेशका सभामुख भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु

सुप प्रदेशका सभामुख भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लामो समयदेखि सभामुखका अंगरक्षक रहेका बोहराको सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर २ मा बोहरा सवार सुप•प्र•०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका इन्स्पेक्टर दर्शन खड्काले बताए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज