गिरीको नेतृत्वमा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको नयाँ कार्यसमिति चयन
महेन्द्रनगर – मदन गिरीको नेतृत्वमा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको नयाँ कार्यसमिति चयन भएको छ । ८औ जिल्ला अधिबेशनको बन्दशत्रबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उक्त कार्यसमिति उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी चयन भएका छन् । त्यसैगरी सचिवमा धन बहादुर बोहरा (डिबी), सहसचिवमा माधव पौडेल, समावेशी सहसचिवमा बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाग र सन्तोष धानुक चयन हुनु भएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक र यमकला पाण्डेय तथा केन्द्रीय प्रतिनिधिमा राजेन्द्र बिष्ट, सुरेश धामी, र महेश्वरी जोशी ९माया० निर्विरोध चयन हनु भएको छ । नवनिर्वाचित अध...












