Advertisement

Day: ७ फाल्गुन २०८१, बुधबार

लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १५स्थित लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्ने भएको छ । विद्यालयको सर्वाङ्गिण विकाशको लागि बिहिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सवको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक विरेन्द्र सिंह साँउदले बताउनुभयो । बुधबार पत्रकार सम्मेलको आयोजन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका साँउदले विद्यालयको भौतिक पुर्वाधार, संस्थागत विकास देखि विद्यालयमा छात्रावास निर्माण गर्न र न्यून आय श्रोत भएका तथा अब्बल विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नका लागि अक्षयकोष स्थापना गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरिएको बताउनुभयो । महायज्ञले समाजमा एकआपसमा सद्धभाव, मित्रता र भाईचारा सम्बन्ध कायम गर्न सहयोग पुग्ने मुल आयोजक समिति सं...
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला, अनुसन्धान जारी

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला, अनुसन्धान जारी

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरमा जंगली हात्ती मृत फेला परेको छ । जिल्लाको लालझाडी गाउँपालिकाको वडा नम्बर ४ मा बुधबार बिहान ७बजेतिर एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो । जाई र पर्सिया गाउँको बीचमा रहेको सडक किनारमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले घटनाको पुष्टि गरेका गरेका छन् । हात्तीको मृत्युबारे अध्ययन गर्न प्राविधिक टोली घटनास्थलमा पठाइएको अधिकृत ठाकुरले जानकारी दिनुभयो । गत असोजदेखि जङ्गली हात्तीको समूहले लालझाडी क्षेत्रमा मानव बस्ती, भौतिक संरचना तथा अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । हात्तीको आक्रमणका कारण स्थानीय बासिन्दा ५ महिनायता त्रासमा रहेका बेला एक जङ्गली हात्ती मृत फेला परेपछि थप त्रासको वातावरण सिर्जना भएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज