Advertisement

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल्याण्ड मण्टेश्वरी स्कूलमा दुई करोड २५ लाख १५ हजार ५ सय ७ रुपयाँ लगानी गरीएको हो । उक्त स्कूलको शनिबार विदाका दिन भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले समुद्धघाटन गर्ने स्कूलका संञ्चालनक समेत रहेका एक लगानीकताए प्रेमराज पनेरु(पुष्कर)ले जानकारी दिए ।
उक्त स्कूल गत बर्ष ०८१मा दर्ता गरीएता पनि चालु शैक्षिक सत्र ०८२देखि संचालनमा आएको संचालक पनेरुले बताए । उहाँका अनुसार सवा दुई करोड लगानी गरीएको मण्टेश्वरी स्कूलमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन । त्यसैगरी प्रत्यक्षरुपमा ८ शिक्षिका र ४ जना कर्मचारी गरी १२ जनाले रोजगारी प्राप्त गरेका छन् । विद्यालयमा विभिन्न कक्षामा गरी अहिलेसम्म ७५ जना विद्यार्थी भर्ना भईसकेका छन् । विद्यार्थी ओसार्नका लागि छुट्टै यातायात सुविधाको व्यवस्था गरीएको स्कूलले जनाएको छ ।

 

बालबालिकाहरुलाई मण्टेश्वरीको अवधारणा अनुरुप गुणस्तरिय शिक्षा प्रदान गर्ने मदरल्याण्ड मण्टेश्वरी विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द(भट्ट)ले बताईन् । प्रिन्सिपल सरस्वतीका अनुसार अग्रेजी माध्यमबाट हाल पुर्व प्राथमिक कक्षा बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १सम्म मात्रै पठन पाठन हुनेछ ।
मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक समितिका अध्यक्ष नरेन्द्र राज जोशीले शिक्षामा शैक्षिक गुणस्तर बृद्धि गर्दैै दक्ष जनशक्ति उत्पादनका लागि मण्टेश्वरी विद्यालय संचालनमा ल्याएको बताए । अध्यक्ष जोशीले आफ्नै जमिनमा निर्माण भएको आधुनिक एसि जडित भवनमा कक्षा संचालन हुने बताए । उहाँले बालमैत्री अनुरुप कक्षा संचालन गरेर विद्यार्थीलाई भरपुर शिक्षा प्रदान गरिने जनाए । ‘अहिले हामीले यही स्थानमा मण्टेश्वरी कक्षा संचालन गर्नेछौँ, ‘उनले भने, ‘भावि दिनमा माथिल्ला कक्षा संचालन गरे छुट्टै स्थानमा संचालन गछौँ ।’
स्कूलका संचालक प्रेमराज पनेरु(पुष्कर)ले अभिभावकको आवश्यकता अनुरुप विद्यालय संचालन गरेर शैक्षिक गुणस्तर बृद्धि विकासलाई केन्द्रीत गर्ने लक्ष्य राखिएको बताइ ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताईन । शनिबार विद्यालयको भीमदत्त नगरका मेयर पदम बोगटीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज