Advertisement

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै टिमको टुङ्गो लागेको छ । समुह ‘वि’बाट महेन्द्रनगर मावि(साधारण) र समुह ‘डि’ बाट वात्सल्या विद्या निकेतन सेमिफाईनल प्रवेश गरेका छन् । दुई टोलीको टुङ्गो शुक्रबार नै लागिसेको थियो । शुक्रबार सेमिफाईन पुग्ने टोलीमा समूह ‘ए’ बाट महाकाली सेकेन्डरी स्कुल गुलरिया र समूह ‘सी’ बाट होली फेमिली इङ्लिस मिडियम स्कूल रहेका छन् ।
शनिबार भएको पहिलो खेलमा बात्सल्याले लिटिल स्टारलाई १३८ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ्ग गरेको बात्सल्याले निर्धारित १५ ओभरको खेलमा एक सय ९७ रन जोडेको थियो । बात्सल्यका कप्तान हिमाल पत्ले ८ चौका र ४ छक्काको मदतले सतकिय पारी खेलेका छन् । उनले ४६ बलको सामना गरका थिए । त्यसैगरी वात्सल्याका लागि मानव विष्टले ६७ रनको योगदान दिए । बलिङ्गतर्फ लिटिल स्टारका कपिल नाथ, आशिष चन्दले समान १/१ विकेट लिए ।
जवाफि व्यटिङ्ग गरेको लिटिल स्टार १४ ओभरको समाप्तीमा अलआउट हुदै ५९ रनमा प्याक भएको हो । लिटिल स्टारका कप्तानले ३२ रन जोडेपनि जितका लागि प्रयाप्त भएन् । त्यसैगरी बलिङ्गतर्फ हिमाल पन्तले ३, अन्जीत धामी र महेश विष्टले समान २/२ विकेट लिए ।
शनिबारको दोस्रो खेलमा ईन्टरनेशनलले सत्यवादि सेकेण्डरी स्कूललाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ्ग रोजेको सत्यवादीले १०.२ ओभरको समाप्तीमा अलओभर हुदै ३२ रनको योगफल तयार पारेको हो । सत्यवादीलाई सस्तैमा समेट्नेक्रममा ईन्टरनेशनलका सत्यम कुवरले ४, विराट सिंहले ३ विकेट लिए ।
झिनो लक्ष्य पछ्याएको ईन्टरनेशनलले २.३ ओभरमै लक्ष्य भेटाएको हो । जित हात पारेपनि रनरेट कम हुदा ईन्टरनेशन सेमिफाईन प्रवेशबाट रोकिएको छ । ईन्टरनेशनलले सत्यवादीलाई १.३ ओभरमा जितेको भए सेमिफाईनल यात्रा तय गर्ने थियो ।
शनिबारको तेस्रो खेलमा बात्यल्यले ज्ञानोदयलाई १० विकेटले हराएको छ । पहिले व्याटिङ्ग गरेको ज्ञानोदयले ८.१ भरमा आफ्ना सवै विकेट गुमाउदै २० रनमा प्याक भयो । वात्सल्यका हिमाल पन्त र धिरेन्द्र विष्टले समान ३/३ विकेट लिए । २० रनको लक्ष्य पाएको बात्सल्यले एक ओभरमै विना विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
सेमिफाईनलका खेल आईतबार नकआउट प्रणालिमा खेलाईनेछ । च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ ।
सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।
यो प्रतियोगिता कञ्चनपुर क्रिकेट संघको आयोजनामा होली फेम्ली इंग्लिश बोर्डिङ स्कूलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज