Advertisement

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सोमबार९भोलि०देखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ लागिरहेको हो ।


कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा महोत्सव आयोजना गरेको बताउनु भयो । ‘हामीले कोरोना महामारीका बेलामा मात्रै मेला संचालन गर्न सकेनौँ, ‘उनले भने, ‘यस विचमा दुई पटक अन्र्तराष्ट्रिय ईण्डो नेपाल व्यापार मेला समेत गरिसकेका छौँ, तेस्रो पटकको पनि तयारीमा छौँ ।’

महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिनेछन । मनोरन्जनका लागि बाल उद्यान राखिनेछन । यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिनेछन । ‘यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन गछौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि हुनेछ ।’

स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत हुनेछ । उनले सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भ्रित्राउने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार कृषि, लघु उद्यम सहितका बस्तु तथा सेवाको प्रंचारप्रसार गर्ने उदेश्यका साथ महोत्सवको लक्ष्य रहेको छ ।
उनले महोत्सव मार्फत लगानीको अवसर सृजना गर्ने, सहकारी, लघुवित्त, वित्तिय, बैकिङ्ग क्षेत्रका सेवा एव सुविधा प्रर्दशन गरेर लगानी सृजना गर्ने उदेश्य रहेको बताए । महोत्सवमा सुदूरका मौलिक खाद्य परिकार सहित छुट्टै थारु स्टल रहने जनाएको छ । महोत्सवको आम्दानीबाट प्रति टिकेट बिक्री बाफत भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि २ रुपैया, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको कोष निर्माणका लागि १ रुपैया र अन्य समाजिक सेवाका लागि २ रुपैया छुट्याईएको छ ।

अध्यक्ष जोशीले विगत २३ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गर्न लागेको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए ।१०दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ ।

सुप प्रदेशका कृषि उद्योगीलाई सम्बन्धीत जिल्लाको वाणिज्य संघबाट सिफारिस आए निःशुल्क उपब्ध गराउने बताए । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्य र भारत उत्तराखण्ड प्रदेशका पर्यटन, साँस्कृतिक एव सिँचाईमन्त्री सतपाल महराजको बिशिष्ठ आथित्यमा हुनेछ । मेलाको मुख्य प्रायोजक प्रभुबैक र देउती सोप एण्ड केमिकल्प प्रालि रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १५१मुल आयोजक समिति विस्तार, १६ विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएको छ । बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक, महासचिव खगेश्वर बोहरा सचिव रहेको मुल आयोजक समिति रहेको छ ।

निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति, उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल बुकिङ्ग, सचिव राहुल भट्टको संयोजकत्वमा साँस्कृतिक उप समिति, कोषाध्यक्ष चेकराज जोशीको संयोजकत्वका आर्थिक, सदस्य नरेन्द्र प्रशाद जोशीको संयोजकत्वमा टिकट उप समिति, सदस्य प्रेम प्रकास पाठको संयोजकत्वमा कृषि तथा पर्यटन प्रर्बद्धन समिति, सदस्य प्रदिप पाल९रदिप आरक्षपीडित०को संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य बिशाल सोनारको संयोजकत्वमा स्टल तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम, सदस्य मिनराज भट्टको संयोजकत्वमा खानेपानी विद्युत सरसफाई उप समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर तथा व्यवस्थापन उपसमिति, सदस्य तेज बहादुर चन्दको संयोजकत्वमा थारु गाँउ व्यवस्थापन समिति, सदस्य गोपाल सिह बुढापालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति विस्तार गरिएको छ । महोत्सवको तयारी युद्ध स्तरमा भईरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज