Advertisement

थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा थारू रहनसहन, संस्कृतिक नाच तथा थारू परिकार प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा र सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा थारू कल्याणकारी सभा कृष्णपुर नगर कार्य समितिको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय गीता चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा कृष्णपुर नगर प्रमुख हेमराज ओझा र नगर उप–प्रमुख द्रौपती रानाको उपस्थिति रहेको थियो। साथै, कृष्णपुर नगरपालिकाका सबै ९ वटै वडा अध्यक्षहरू, सामुदायिक वनका अध्यक्षहरू, थारू कल्याणकारी समितिका पदाधिकारी, भलमन्सा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

 

कार्यक्रमको सभापतित्व थारू कल्याणकारी जिल्ला कञ्चनपुर अध्यक्ष सानु चौधरीले गर्नुभएको थियो। स्वागत मन्तव्य थारू कल्याणकारी सभा जिल्ला उपाध्यक्ष आशाराम चौधरीले राख्नुभएको थियो भने कार्यक्रम संचालन नगर समिति अध्यक्ष लालबहादुर चौधरीले गर्नुभएको थियो।

कार्यक्रम प्रारम्भमा परम्परागत पहिरन, थारू परिकारहरूको अबलोकन गराइएको थियो। स्थानीय माछा, ढिकरी, घुँघी, पकौडा, बयरको चटनी, धनियाको चटनी, मिसौला जस्ता परिकारहरू प्रदर्शनमा राखिएका थिए। साथै, थारू महिलाहरूको परम्परागत पहिरन—लेहङ्गा, गुनिया, ब्लाउज आदि प्रदर्शित गरिएको थियो। अतिथिहरूलाई फूलमाला र फुन्ना लगाएर भव्य स्वागत गरिएको थियो।

कार्यक्रमका सन्दर्भमा थारू कल्याणकारी सभा कैलालीका डा. फुलराम चौधरीको पनि विशेष चर्चा गरिएको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज