Advertisement

‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित शैक्षिक बिकासमा सघाउदै काठमाण्डौ बिश्वबिद्यालयका छात्रा

पप्पु गुरुङ्ग, कञ्चनपुर । ग्रामिण भेगका बिद्यालयको शैक्षिक बिकासमा सघाउन काठमाण्डौं बिश्वबिद्यालयका ४ छात्रा दोधारा चाँदनीमा पुगेका छन् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत बिद्यार्थी ईशिका जोशी, टीसा महर्जन, तनुश्री कुँवर क्षेत्री र अमिशा अधिकारी यतिबेला दोधारा चाँदनी नगरपालिका– १ मा रहेको महाकाली आदर्श माध्यमिक बिद्यालयमा बिद्यालयका शैक्षिक बिकासमा सघाउन लागिपरेका छन् । ‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित उनिहरुले बिभिन्न दाताबाट संकलन गरेको सहयोगले बिद्यालयमा पुस्तकालयको स्थापना गरेका छन् भने, झण्डै रु. ४ लाख ५० हजार बढीको शैक्षिक सामग्री बिद्यार्थीहरुलाई बितरण गरेका छन् । शैक्षिक सामग्री सहयोग संगै बिद्यार्थीहरुलाई पठन पाठन कार्यमा समेत सघाउदै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् ।

काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत ४ जना छात्राहरुले १ महिना महाकाली आदर्श माध्यमिक बिद्यालयमा शिक्षाको गुणस्तर बिकासमा निकै सहयोग पुर्‍याउदै आएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् । बिश्वबिद्यालयका छात्राहरुले बिद्यालयमा गरेको कार्यको प्रशंसा गर्दै वडाध्यक्ष चन्दले बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको बतउनुभएको छ् । बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक क्षेत्रमा सघाउ भएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् । बिहानै देखि सरसफाई तथा कक्षामा बिद्यार्थीहरुलाई अनुशासित बनाउदै आएका बिश्वबिद्यालयका छात्राहरु संग अभिभावकहरु निकै प्रभावित बनेका छन् ।

एक महिनाको लागी महाकाली आदर्श माध्यमिक बिद्यालयमा प्रयोगात्मक तथा सहयोग गर्न पुगेका बिश्वबिद्यालय छात्राहरुलाई बिद्यार्थीहरुले उनिहरुको शैक्षिक कृयाकलाप प्रति औधी रुचाएका छन् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत छात्रा अमिशा अधिकारीले काठमाण्डौंमा रहेका बिभिन्न दाताहरुबाट सहयोग संकलन गरि महाकाली आदर्श माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना, बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, कक्षा कोठामा बिद्युत बिस्तार तथा बिद्यालयलाई सरसफाईका सामग्री बितरण गरेको बताउनुभएको छ् ।

आफुहरुको एक महिनाको बसाईमा आफुहरुले सिकेका कुरा बिद्यालय र बिद्यार्थीहरुलाई हस्तान्तरण प्रयास रहने छात्रा अमिशा अधिकारीले बताउनुभएको छ् । काठमाण्डौं बिश्वबिद्यालयका बिबिएमा अध्यनरत छात्रा अमिशा अधिकारीले बिश्वबिद्यालयले आफुह्रुलाई एक महिनाको लागी सामाजिक कार्य गर्न पठाएको बताउनुभएको छ् ।

बिद्यालयको शैक्षक गुणस्तर सुधार संगै बिद्यार्थीहरुलाई नैतिकवान बनाउन गरिएको काठमाण्डौं बिश्वबिद्यालयका ४ जना छात्राको कार्य प्रति शिक्षक, अभिभावक तथा स्थानियहरु खुशी प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज