Advertisement

बेलडाँडीका बाढी प्रभावितहरुलाई एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा १ करोड ३० लाख बराबरको राहत

दोधारा । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका लागि मानविय सहायता परियोजनाअन्तर्गत गाउँपालिकाका बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री, खाद्यान्न साथै विद्यार्थीहरूलाई शैक्षिक सामग्री गरि झण्डै १ करोड ३० लाख बराबरको राहत वितरण गरेको हो।

गत असार २२ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू प्रभावित भएका थिए। बाढीका कारण झिलमिलाको नदि फुटेर वस्तीमा पसेपछि स्थानीय बासिन्दाको घरको भित्ताहरू भत्किएको, खेतीपाती साथै भण्डारण गरेको अन्न समेत नष्ट भएपछि सो क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए। साथै विद्यालयमा समेत क्षति पुगेपछि विद्यार्थीहरूको पठन-पाठन अवरूद्ध भएको थियो।

प्रभावितहरूलाई तत्काल अर्थात् ७२ घण्टा भित्रै मानविय सहायता गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार गाउँपालिकाका ६ सय ३९ घर परिवारलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, सरसफाई सामग्रीहरूको झोला, ५ वर्ष मुनिका बालबालिकाहरूका लागि कपडा, खानेपानी शुद्धिकरणका लागि फिल्टर, अपाङ्गता भएका व्यक्तिहरूका लागि २ थान व्हीलचियर र २ थान कम्बोर्ड चियर वितरण गरिएको थियो। त्यसैगरी पालिकाका १४ वटा विद्यालयका सबै कक्षा कोठामा पुग्ने गरि फिल्टर वितरण गरेको छ। सेभ द चिल्ड्रेन फिल्ड कार्यालय प्रमुख रत्नराज ओझाले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न ७२ घण्टा भित्रै प्रभावित परिवारहरूलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरिएको बताउनुभयो।

गाउँपालिकामा शैक्षिक सिकाई निरन्तरताका लागि १४ वटा बाढीग्रस्त सामुदायिक विद्यालयका झण्डै १३ सय विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको छ। कक्षा १ देखि ५ सम्म अध्यन गर्ने झण्डै १३ सय विद्यार्थीलाई कापी, कलम, पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री साथै शिक्षकहरूलाई अध्यापन सामग्री वितरण गरिएको छ। साथै बाल विकास कक्षा सञ्चालनका लागि १४ वटा विद्यालयलाई पिफर्म र कार्पेट सहयोग पनि गरेको छ।

परियोजनाले गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन, पानि शुद्धिकरण किट, ठूलो र सानो गरि दुई वटा बाल्टी र एउटा जग वितरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असारमा आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताउनुभयो। उहाँले अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा सेभ द चिल्ड्रेन र एनएनएसडब्ल्यूएले तत्काल अर्थात् ७२ घण्टा भित्रै ५० लाख बराबरको गैर खाद्य सामग्री सहयोग गरेको बताउनुभयो। ती परिवारहरूलाई खाद्यन्न पनि सहयोग गर्नुपर्छ भन्ने आवश्यकता महशुस भएपछि ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो।

उहाँले गाउँपालिकाका बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि १३ सय विद्यार्थीलाई झण्डै ३३ लाख बराबरको शैक्षिक सामग्री, शिक्षकहरूलाई अध्यापन सामग्री र बाल विकास कक्षा सञ्चालनका लागि १४ वटा विद्यालयलाई पिफर्म र कार्पेट सहयोग गरिएको बताउनुभयो। उहाँले यसअघि दोधारा चाँदनी नगरपालिकामा २२ विद्यालयलाई शिक्षक अध्यापन सामग्री र बाल विकास कक्षा सञ्चालनका लागि अध्यापन सामग्री साथै बाढीग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ विद्यालयका झण्डै १७ सय विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले पालिकाले बाढी प्रभावितहरूको क्षतिको विवरण संकलन गरि पठाएको तथ्याङ्कको आधारमा एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रेनले ठूलो परिमाणमा गैर खाद्य सामग्री साथै खाद्यान्न सहयोग उपलब्ध गराएको बताउनुभयो। उहाँले बाढीले विद्यार्थीहरूको कापी, किताब लगायत शैक्षिक सामग्री बगाएको, भिजेकोले पठन-पाठनमा अवरोध भएको अवस्थामा बालबालिकाहरूको शैक्षिक निरन्तरताको लागि शैक्षिक सामग्री सहयोग गरेकोमा दुवै संस्थालाई धन्यवाद दिनुभयो। बेलडाँडी गाउँपालिका वडा नम्बर-०३ अध्यक्ष दुर्गा प्रसाद चौधरीले प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा सहयोग प्राप्त भएपछि ठूलो राहत हुने बताएका छन्। साथै घरमा रहेको कापी, किताब, पोशाक बगाएर पढाई अवरूद्ध भएको अवस्थामा संस्थाले गरेको सहयोगपछि आफ्नो पठन-पाठन पुनः सुचारू गर्न सकिने भन्दै विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन्।

आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका लागि मानविय सहायता परियोजनाले बाढी पश्चात् देखापर्ने डेङ्गी तथा झाडापखाला जस्ता समस्याहरूको समाधानका लागि खानेपानी तथा स्वच्छता सहजकर्ता (वास फेसिलेटर) र बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिका कारण परेको तनावलाई कम कम गर्न मनौवैज्ञानिक प्राथमिक उपचार सहजकर्ता मार्फत् परामर्श दिँदै आएको छ।

कञ्चनपुरमा गत असार महिनामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा पछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा ठुलो बाढी आएको थियो। साथै बाढीका कारण कञ्चनपुरमा हजारौँ परिवार विस्तापित भएका थिए। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावित परिवारलाई खाद्यान्न, गैर खाद्य सामग्री, बहुप्रयोजनका लागि आईएमई मार्फत् नगद सहयोग साथै प्रभावित विद्यार्थीहरूलाई अध्ययन-अध्यापन सामग्रीहरू सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

प्रेमचन्द्र झा - मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैन; त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ—यादहरूको, पी...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

महेन्द्रनगर – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषमा पाँच जना मन्त्री बनेका छन् । कानून, न्याय तथा ...
कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

महेन्द्रनगर – प्रधानमन्त्री बालेनशाहले मन्त्रीमण्डल गठन गरेको छ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपत ग्रहण गरेका प्रधान...
कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज